बेलका, उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकाका ज्ञान बहादुर राई गाँउमा रोजीरोटीको अवस्थामै समस्या भए पछि बैदेशिक रोजगारीमा पुगे । उनले बर्षौ विदेश बस्दा पनि उल्लेख्य कमाई गर्न सकेनन् । एकातिर पराई भूमिमा तल्लो स्तरको काम गर्नु पर्ने अर्कोतिर कमाई थोरै । यसरी त्रृmण काढेर विदेश गएका ज्ञान बहादुरले घर परिवारबाट टाढा बसेर पनि भने जस्तो कमाई गर्न नसके पछि स्वदेशमै केही गर्ने सोँच राखेर उनी नेपाल फर्किए ।
यसरी घर फर्किएपछि उनले के गर्ने भन्दै सोँच्दै गए । यही मेसोमा उनले बेलाका ९ मा रहेको सहयोगी बचत तथा क्रृण सहकारी संस्थाबाट स्वोरोजगार कोषको क्रृण प्रदान भईरहेको थाहा पाए ।
त्यही सहकारीका उनी सदस्य समेत रहेका थिए । उनले सोही संस्थामा निवेदन दिए । उनको निवेदनका आधारमा सहकारीले कोषको क्रृण स्वरुप एक लाख रुपैया प्रदान गर्यो ।
त्यही एक लाख रुपैया र आफूले खोजेको केही रकमबाट उनले रामपुर बजारमा मोबाईल रिपेयरिङ सेन्टर खोले । उनले २०७५ साल जेठ ४ गते उक्त क्रृण प्राप्त गरेका थिए ।
सोही रकमबाट उनले मोबाईल मर्मत शुरु गरे । उनले मोबाईल मर्मतका साथै मोबाईलका पार्ट पुर्जा, सफ्टवेयर, कभर लगायतका सामान र केही नयाँ मोबाईल पनि बिक्री शुरु गरे ।
अहिले त्यही व्यवशायबाट ज्ञान बहादुरले जीविकोपार्जन मात्र गरेका छैनन् मनग्गे आमदानी गरेर जीवन शैलीमा उल्लेख्य सुधार गरेका छन् । अहिले उनले परिवारको लालन पालन राम्रोसँग गरेर विना कुनै आर्थिक कठिनाई व्यवशाय सञ्चालन गरिरहेका छन् । उनले स्वरोजगार कोषको क्रृण दिलाएकोमा सहयोगी सहकारीलाई धन्यवाद दिँदै कोषलाई पनि आभार व्यक्त गरेका छन् । उनी अरु युवालाई पनि खाडीमा गएर रगत पशिना बगाउनु भन्दा घरैमा बसेर यस्ता सुलभ कर्जाहरु लिएर उद्यम, पेशा व्यवशाय गर्न युवाहरुलाई सल्लाह दिन्छन् ।
उनी भन्छन्, म आज धेरै खुसी छु, विदेशमा बसेर जति पनि दुखः गरेँ, सोचे अनुसार कमाई भएन, तर घर परिवारसँगै बसेर राम्रो आमदानी गरेर जीवन चलाउन पाईएको छ ।
हाल उनले कोषको क्रृणको साँवा ब्याज चुक्ता गरिसकेका छन् । अहिले उनले मोबाईल रिपेयरिङ सेन्टरबाटै महिनाको लाख रुँपैया हाराहारी कमाई गरिरहेका छन् ।
अहिले देशमा रोजगारी नदेखेर लाखाँै युवाहरु भौतारीरहेका छन् । उनीहरु रोजीरोटीकै लागि विदेशी भूमिमा त्यो पनि महंगो व्याजमा क्रृण काढेर गईरहेका छन् । कतिको ज्यान उतै गएको छ , कतिले दुखः पाएका छन् । त्यो सम्झिदा मन रुन्छ सर, ज्ञान बहादुरले भने अब देशमै केही गर्ने अवसर छ । आफ्नै देशमा दुखः गरौँ, मेहेनत गरौँ कमाई गर्ने र खाने ठाँउ यही छ । ज्ञान बहादुर भन्छन् ।
उनले विदेशमा गएर गएगुज्रेको काम गरेर दुई पैसा कमाउनु भन्दा आफ्नै घर आँगनमा बसेर केही गर्नुमा धेरै अन्तर हुने बताए ।
ज्ञान बहादुर मात्र हैन बेलाकामा अन्य थुप्रै युवाहरुले स्वरोजगार कोषको क्रृण लिएर पेशा व्यवशाय गरीरहेको देखिएको छ । अझ कोशी ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम लागू भएकाले त्याहाँ पेशा व्यवशाय र उत्पादनका काममा मानिसहरु निकै मात्रामा जोडिन शुरु गरेको पाईएको छ ।
ज्ञान बहादुरले जस्तै तपाई हामी पनि स्वरोजगार कोष वा सरकारले दिईरहेको सहुलियत क्रृण र अनुदानबाटै पनि पेशा व्यवशाय गरी आफू पनि समृद्ध हुने, देश र समाजलाई पनि समृद्ध बनाउने अभियानमा लाग्न प्रेरित गर्नु पर्ने आवस्यकता देखिन्छ । गरे के हुँदैन भन्ने उदाहरण ज्ञा बहादुरहरुलाई हेरे पुग्छ ।