शिवप्रसाद शिवाकोटी नभएका भए झापा विद्रोहको नापनक्सा कोरिँदैनथ्यो । त्यतिखेर उनकै नेतृत्वमा हामी राजतन्त्रको विरोधमा उर्लिएका थियौँ । हाम्रो जोस, जाँगर र उत्साहले सालबारी भन्ने गाउँ बेग्लै मुलुक थियो कि भन्ने भान हुन्थ्यो । शिव दाइको तालिमका कारण हाम्रो एउटा हातमा रेडबुक र अर्का हातमा हाम्रै उचाइको डन्डी हुन्थ्यो । त्यस ठाउँमा प्रहरी आउँदा पनि बलियो मुटु बनाएर आउनुपर्थ्यो । त्यसैले त्यस गाउँमा प्रायः पुलिसको मुख देख्न पाइँदैनथ्यो । झापा विद्रोहको नेतृत्व गर्ने पङ्क्तिमा शिव दाइ नै प्रमुख थिए । वास्तवमा हातहतिहारबाट क्रान्ति गर्ने सोच उनैले जन्माएका थिए । त्यतिखेर म पनि प्रायः खुकुरी भिरेर हिँड्थेँ ।
उनले दुई वर्षअघिदेखि नै विचारीको पाना गोरु जोतेका थिए । अनि ती गोरु नारेको दुई वर्षसम्म पनि उनले पानामा तिरेका रहेनछन् । त्यसैले श्रेष्ठले पनि पौडेलसँग गोरु फिर्ता गर्न या पाँच मन धान तिराउन पौडेलका घरमा प्रशासनलाई अनुरोध गरी पुलिस पठाएका थिए ।
झापा विद्रोहको श्रीगणेश एक हल गोरुले गरेको थियो । अथवा भनौँ, विद्रोहको निहुँ नै अम्बरबहादुर पौडेलले जोतेका गोरु थिए । कुरा के हो भने— पौडेल सालबारीका बासिन्दा थिए । उनले विचारी तुलसीप्रसाद श्रेष्ठको जग्गा जोतेका थिए । भनौँ, उनी विचारीका मोही थिए । उनले विचारी तुलसीप्रसादबाटै ‘पाना’मा गोरु लिएका थिए । सालको पाँच मन धान तिर्ने सर्तमा उनले विचारीको एक हल गोरु राखेका थिए । साथै उनले दुई वर्षअघिदेखि नै विचारीको पाना गोरु जोतेका थिए । अनि ती गोरु नारेको दुई वर्षसम्म पनि उनले पानामा तिरेका रहेनछन् । त्यसैले श्रेष्ठले पनि पौडेलसँग गोरु फिर्ता गर्न या पाँच मन धान तिराउन पौडेलका घरमा प्रशासनलाई अनुरोध गरी पुलिस पठाएका थिए ।
पुलिसहरू नहल्लेको देखेपछि पुलिसका हात झड्काडेर फेरि पनि म बेजोडले कराएँ । अनि चाहिँ ती दुवै जना प्रहरी त्यहाँबाट रित्तै हिँडेका थिए । वास्तवमा उनीहरू हामीसँग डराएरै आफ्नो बाटो लागेका थिए । त्यसै बेला शिव दाइले भनेका थिए— ‘तिमीले पुलिसको सातो लिएछौ । यस घटनालाई मामुली नसम्झ है, भाइ ! साँझबिहान सतर्कै भएर हिँड । यो घटना चकमकको झिल्को हो भन्ने मलाई लागेको छ ।’
२०२७ साल मङ्सिरको अन्त्यतिरको घटना हो— अम्बरबहादुर पौडेलका घरमा बिहानै पुलिस पुगेका थिए । त्यसपछि गाउँमा हाहाकार मच्चिन थालेको थियो । अनि हाम्रै सुराकीबाट त्यो बेहोरा शिव दाइका कानमा पनि पुर्याइएको थियो । त्यसपछि शिव दाइका निर्देशनमा उनका साला खड्ग दाहाल र म दौडिँदै पौडेलका घरमा पुगेका थियौँ । हामी पुग्नुअघि पुलिसले पौडेललाई हप्काइदप्काइ गरिरहेका थिए । प्रहरी भेटेपछि म उनीहरूसँग रन्केर बोलेको थिएँ । त्यहाँ प्रहरी र हामीमाझ भनाभन र समान्य झपड नै भएको थियो । त्यतिखेर हामीले आफ्नो गच्छेअनुसारको जनताको हितको तर्क पनि प्रहरीसमक्ष पेस गरेका थियौँ । त्यसै बखत त्यस घरमा छिमेकीहरूको पनि भेला हुने क्रम थियो । साथै खड्ग र मैले प्रहरीसमक्ष गरिब जनताका कुरा पनि राख्तै गइरहेकै थियौँ । त्यति बेला मैले पुलिसहरूलाई भनेको थिएँ— ‘तिमीहरू पनि कसैको हलो जोत्न र खेतबारीमा डल्ला फोर्न नसकेर त पुलिस भयौ । त्यसैले गोरु जोत्ने जनताको पनि माया गर्ने गर न !’ पुलिसले हाम्रा कुरा राम्ररी सुनेजस्तो मलाई लागेन । अनि म फेरि जोडले कड्केको थिएँ— ‘तिमीहरूसँग हाम्रो जनता पठाउने हो भने हामी यहाँ किन आउँथ्यौ ? अम्बर हाम्रा किसान हुन्, उनलाई लान हामी दिँदैनौँ, तिमीहरू फर्केर आफ्नो बाटो जाओ ।’ वास्तवमा त्यति बेला मलाई पुलिससँग त्यति डर पनि लाग्दैन थियो । किनभने प्रहरी जवान पुण्य गिरी शनिश्चरे चौकीमा राजीनामा बुझाएर केही महिनाअघिदेखि हाम्रा घरको हलीमा बसेका थिए । त्यसैले मलाई पुलिससँग कड्किन पनि आउँथ्यो । पुलिसहरू नहल्लेको देखेपछि पुलिसका हात झड्काडेर फेरि पनि म बेजोडले कराएँ । अनि चाहिँ ती दुवै जना प्रहरी त्यहाँबाट रित्तै हिँडेका थिए । वास्तवमा उनीहरू हामीसँग डराएरै आफ्नो बाटो लागेका थिए । त्यस घटनापछि खड्ग र म शिव दाइ र गाउँलेको धन्यवादको पात्र भएका थियौँ । त्यसै बेला शिव दाइले मलाई भनेका थिए— ‘तिमीले पुलिसको सातो लिएछौ । यस घटनालाई मामुली नसम्झ है, भाइ ! साँझबिहान सतर्कै भएर हिँड । यो घटना चकमकको झिल्को हो भन्ने मलाई लागेको छ ।’ त्यस दिनको त्यो झिल्को डँडेलोमा परिणत हुने सम्भावनाको सङ्केत मलाई शिव दाइले त्यसै बेला दिएका थिए ।
पुलिसलाई हामीले खाली हात पठाएको घटनाले सालबारी हल्लिएको रहेछ । अनि शिव दाइका कुरा पनि छिटोभन्दा छिटो साँचोमा रूपान्तर भइसकेको थियो । भनौँ, हामीले घोटेको चकमकको झिल्कोले पुलिसचौकीलाई पनि पोलेको रहेछ । किनभने हामीले पुलिस लखेटेको पर्सिपल्ट अम्बरबहादुर पौडेललाई समाउन सालबारीमा पाँच जना पुलिस आएका थिए ।
पुलिस र शिव दाइको तानातानको खेल हुन थालेको थियो । त्यसपछि शिव दाइले पुलिसको कठालो नै समाएका थिए । त्यतिखेर पुलिसका लुगा च्यातिए, ब्याज भुइँमा झरे । अनि शिव दाइका पनि लुगा च्यातिए ।
त्यतिखेर प्रहरीले पौडेललाई समाएर लाँदै थिए । उनीहरू सालबारी स्कुलमा पुगेपछि शिव दाइसँगै हामी पनि त्यहीँ पुगेका थियौँ । शिव दाइले पौडेललाई छाड्न प्रहरीसमक्ष दबाब दिएका थिए । अनि त्यतिखेर पुलिसहरू पनि कड्किन थालेका थिए । नटेरेजस्तो गरी पुलिसले पौडेललाई तान्दै अगाडि बढ्न थालेका थिए । अनि त्यसै बेला शिव दाइ जोसिलो पारामा प्रहरीसमक्ष बोलेका थिए— ‘हाम्रो जनता छोडेर जान्छौ या तिमीहरू यतै बस्छौ ? यी दुइटा कुरामा एउटा उत्तर देऊ ।’ शिव दाइका कुरा सुनेपछि प्रहरीहरू पनि चम्के— ‘धम्क्याउने र तर्साउने काम नगर्नुहोस् ।’ अनि फेरि उनीहरू पौडेललाई तान्दै अगि बढिरहेका थिए । शिव दाइले यो मेरो जनता हो, लान दिन्न भनेर पौडेललाई आफैँछेउ तानेका थिए । त्यतिखेर म पनि ती पुलिसको विरोधमा चिच्च्याएको थिएँ । अनि फेरि त्यहाँ पुलिस र शिव दाइको तानातानको खेल हुन थालेको थियो । त्यसपछि शिव दाइले पुलिसको कठालो नै समाएका थिए । त्यतिखेर पुलिसका लुगा च्यातिए, ब्याज भुइँमा झरे । अनि शिव दाइका पनि लुगा च्यातिए । त्यतिखेर हामीमाझ डम्बरबहादुर बानियाँ नाउँका एक जना दोहोरो शरीर परेका बलियाबाङ्गा किसान पनि थिए । अनि उनीचाहिँ हाम्रा मोही पनि थिए । सालबारीमा उनको अर्को परिचय पनि थियो; भनौँ, उनी शिव दाइका दायाँ हात थिए । त्यतिखेरको झगडामा उनले लगाएका पनि लुगा च्यातिएका थिए । अनि त्यतिन्जेलमा सालबारीका केही जनता भेला भइसकेका थिए । त्यसपछि अम्बरबहादुर पौडेललाई छोडेर पुलिसहरू त्यहाँबाट भागिसकेका थिए । झापा विद्रोहको यो दोस्रो झिल्को थियो ।
‘किन यसरी जुद्धे गरेको छोरा ! अब पुलिसले हामीलाई टिकी खान दिँदैनन् !’ अनि उत्तरका क्रममा शिव दाइले मेरी आमासमक्ष भनेका थिए— ‘सानीमा ! अब म केही दिन यता हुन्न; मलाई नखोज्नू ।’ शिव दाइका कुरा सुनेर मेरी आमा त्यहीँ रुन थालेकी थिइन् ।
पुलिसको लुगा च्यातेको घटना डर मर्दैको थियो । त्यस घटनाबाट हामी सबै डराइरहेका थियौँ । अनि स्कुलप्राङ्गणमा त्यो घटना घटेपछि शिव दाइ हाम्रा घरमा पसेका थिए । किनभने उनका घरमा जानुअघि बाटैमा हाम्रो घर पर्थ्यो । त्यतिन्जेलसम्ममा मेरी आमालाई स्कुलमा शिव दाइको पुलिससँगको झगडा थाहा भइसकेको थियो । शिव दाइ हाम्रो घरमा पुग्नेबित्तिकै मेरी आमा बोलेकी थिइन्— ‘किन यसरी जुद्धे गरेको छोरा ! अब पुलिसले हामीलाई टिकी खान दिँदैनन् !’ अनि उत्तरका क्रममा शिव दाइले मेरी आमासमक्ष भनेका थिए— ‘सानीमा ! अब म केही दिन यता हुन्न; मलाई नखोज्नू ।’ शिव दाइका कुरा सुनेर मेरी आमा त्यहीँ रुन थालेकी थिइन् ।
‘शिवप्रसाद शिवाकोटीको जीवनी− १० अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीबाट झापा विद्रोहको नेतृत्व- दुई’ पढ्नुहोला ।