स्वरोजगारको सस्तो कर्जा प्रवाहले पर्साका युवामा उत्साह जगाउदैँ

स्वरोजगारको सस्तो कर्जा प्रवाहले पर्साका युवामा उत्साह जगाउदैँ

बेमौसमी तरकारी खेतिबाट राम्रो आम्दानी गर्दैछुः मेहता

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

पर्सा, ६ असार । बिदेश गएर पैसा कमाउने योजना असफल भएपछि हेमन्त कुमार मेहताको दैनीकी तास खेल्ने र दौतरीहरुसँग मिलेर गाउँ डुल्दैमा बितिरहेको थियो । घरको काममा सहयोग गर्न पनि रुचाउदैन थिए उनी । २५ बर्षको जवान छोरो बेरोजगार भएर गाउँ डुल्दै हिडेको देख्दा बुबा रामाकान्त कोईरीलाई थप चिन्ताले सताएको थियो । उनी छोरालाई केहि का मगर्न सधै सल्लाह दिईरहन्थ्ये । घरमा पैसाको अभाव नै थियो भने उमेर पुगेको छोराले सधै खर्च माग्नु पनि अप्ठ्यारो भएपछि हेमन्तलाई अभावले पिरोल्दै लगेको थियो ।
पर्सा पकाहाँमैनपुर गाउँपालिका १ घर भएका उनलाई रोजगारीका लागि बिदेश जान समेत नपाएको र गाउँघरमा सोचेजस्तो नोकरी नपाएकाले चिन्तित बनेकैबेला गाउँमा सस्तो ब्याजदरमा स्वरोजगार बन्नेहरुका लागि बिना धितो रिण पाउने कुरा सुने ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालिकामाई गा.पा.वार्ड नं.०४ प्रशुरामपुरमा रहेको समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि. बाट सो क्षेत्रका विपन्न वर्गलाई कर्जा वितरण गरिरहेको थियो । हेमन्तले पनि कृषि व्यावसाय सन्चालन गर्नका लागि रु.१,००,०००।०० एक लाख कर्जा लिए । र ८ कठ्ठा जग्गामा तरकारी खेती सुरु गरे ।

उनी भन्छन्, जग्गा आफैसँग भएपनि लगानीका लागि आर्थिक अभाव हुँदा बेरोजगार बस्नु परेको थियो । स्वरोजगार कोषले रिण दिएपछि बेमौसमी तरकार खेती सुरु गरेको हो ।                                    घिरौला टिप्ने तयारी गर्दै हेमन्त ।

पर्साको समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि. सँग कोषले रु ४० लाख को कर्जा लगानी सम्भौता भएको थियो । सोहि बेला हेमन्तले कर्जा लिएका हुन् । उनले बेमौसमी तरकारी खेती गर्छन् । नयाँ प्रविधिको प्रयोगमा अग्र्यानिक मलको प्रयोगमा काउली, बैगुन, पर्वल, खोर्सानी लगायतका बिभिन्न तरकारी फलाउछन् ।

एनले उत्पादन गरेका तरकारी स्थानीय बजारमा नै खपत हुन्छ । बढी उत्पादन भएको अवस्थामा स्थानीय बजारमा बढी भएको तरकारी बीरगंज सम्म लगेर बेच्ने गरेको हेमन्तले सुनाए । अहिले तरकारी खेतीबाट कमाएको नाफाले नियमित किस्ता पनि तिरिरहेका छन् उनी ।
हाल उनले ५ जनालाई रोजगारी समेत दिएका छन् । उत्पादित तरकारी खेतीबाट बजारसम्म पुर्याउनका लागि एउटा मोटरसाईकल किनेका छन् । भने तरकारी खेतीबाट आएको नाफाले २ कठ्ठा जग्गा पनि खरिद गरिसकेका छन ।अहिले उनको परिवारको आर्थिक जीवनस्तर पनि माथि उठेको छ ।

उनी भन्छन्, मैले सोचेजस्तो भयो भने अबको केहि समयपछि १ बिगाहा जग्गामा तरकारी खेती गर्छु । पर्सा जिल्लामा आफुले गरेको तरकारी खेतीलाई नमुनाका रुपमा परिचित गराउने हेमन्तको लक्ष्य छ । उनी भन्छन्, म बेरोजगार भएर केहि समय खेर फाले, बिदेश पनि जान खाजेको थिए तर स्वरोजगार कोषले बिना धितो सस्तो ब्याजदरमा रिण दिएर आफ्नै गाउँमा उद्यम गर्ने बाटो खोलीदियो अब यसलाई उदाहरण नुमुना खेतिको रुपमा अघि बढाउछु । सानो रकमबाट एकैपटक धेरै आम्दानी गर्ने ठूलो प्यावसाय या खेत ीगर्न नसकिने भएपनि सुरुवात गर्न सकिने उनको अनुभव छ । उनी भन्छन्, सानो लगानीबाट मैले सुरु गरेको तरकारी खेतीबाट अहिले आर्थिक आम्दानी मात्रै हैन अरुलाई रोजगारी दिन पनि सफल भएको छु ।

पकाहाँमैनपुरकै ५ नम्बर वडाका अर्का युवा संतोष कुमार चौरसियाले भने खाना पकाउने एलपिजि ग्यासको बिक्रि गर्न पसल सन्चालन गरेका थिए । १० देखि १५ वटा सम्म ग्यास ल्याएर बिक्रि गर्ने गरेका उनलाई थप लगानी नहुँदा न त व्यावसाय बढाउन नै सकेका थिए न त बन्द गर्ने अवस्था नै थियो ।

सन्तोषले भने, ‘अलिकति भएको पैसा लगानी गरेर पसल सन्चालन गरेको थिए तर आर्थिक अभावमा त्यसलाईस् व्यवस्थि तगर्न र बृद्धि गर्न सक्ने अवस्था नै भएन । अन्य व्यावसाय सुरु गर्न सक्ने परिस्थिती पनि थिएन ।’ थप आर्थिक लगानी जुटाउने श्रोत खोजीरहेका उनले पनि समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि.बाट नै स्वरोजगार कोषमार्फत एक लाख कर्जा पाए । उक्त रकम पनि सोहि पसलमा लगानी गरि अहिले राम्रो आम्दानी हुनेगरेको उनले बताए । अहिले प्रत्येक १५ दिनमा १ गाडी ग्यास सिलिन्डर ल्याई बिक्री बितरण गर्नुका साथै १ जनालाई दैनिक रोजगारी समेत दिएका छन् ।

                               सन्तोषले सन्चालन गरेको ग्यास पसल । 

साथै उनले पसलमा नै एक थान कम्युटर प्रिन्टर राखेर त्यसबाट समेत आम्दानी गरिरहेको अनुभव सुनाउछन् । सन्तोषलाई ग्यासको माग बढीरहेकाले थप लगानी गरेर पसल बिस्तार गर्ने रहर छ । उनी भन्छन्, थप कहिबाट सस्तो व्याजमा कर्जा पाए भने १ गाडि सिलिण्डर थप्ने योजनामा छु, साथै सँगै फोटो स्टुडियो खोल्ने सोच छ ।

उता, पर्सा जिल्लामा युवा तथा साना व्यावसायी स्वरोजगार कोषले २०६९ सालबाट आफ्नो कार्यक्रम सुरु गरेको कोषका कर्जा असुली सहजकर्ता सुनिल कुमार रौनियारले बताए । सुरुमा केहि समस्या आएपनि अहिले बेरोजगार बनेर बसेका युवाहरु केषको कार्यक्रममा सहभागी भएर स्वरोजगार र सानो व्यावसायमा संलग्नहरु उद्यमी बनेको बताए । बैदेशीक रोजगारीतर्फ आकर्षित युवामा बिदेश जानुभन्दा आफ्नै श्रोत साधन प्रयोग गरि स्वरोजगारको कर्जा लिई उद्यम गर्न उत्साहित हुन थालेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी