स्वरोजगारको लगानीले झापामा फस्टाउदै जडिबुटी र बिरुवाको नर्सरी व्यवसाय

स्वरोजगारको लगानीले झापामा फस्टाउदै जडिबुटी र बिरुवाको नर्सरी व्यवसाय

  • आइतवार, असार ६, २०७८
  • डम्बर बराल

  • 35.7K
    SHARES

विर्तामोड, ६ असार । भूगोलको हिसावले पूर्व दक्षिण भागमा एउटा सानोघर ,घरको पश्चिम उत्तर डेडविगाह क्षेत्रफमा फैलिएको बिभिन्न प्रजातिका विरुवा र जडिबुटीको सुन्दर र हरियाली नर्सरी बगैचाँ, यहाँ पुग्ने हरेक व्याक्तिले यहाँको दृष्यलाई आफ्नो क्यामारामा कैद गर्छन् । अनि आवस्यक विरुवा लिन्छन् र केहि समय दृष्य अवलोकन गरेर फर्कन्छन् ।
मेचीनगर १० लालपानीका दीपक नेपालले सुरु गरेको ग्लोवल एग्रो एण्ड नर्सरी प्राली हो यो । आर्थिक अभावका बीच केहि वर्ष अघि जडिबुटी तथा बिभिन्न प्रजातिका बिरुवाको नर्सरी व्यवसाय सुरुगरेका दीपकको पछिल्लो समय दैनिकी फेरिएको छ ।
सधै प्रकृतिसँग रमाउन चाहने दीपकको व्यवसायलाई अगाडि बढाउन सरकारले सुरु गरेको स्वरोगगार कर्जा त्यसबेला उनका लागि बरदान नै सावित भयो । साथीभाइ पैसा कमाउन बैदेशीक रोगजारीमा जाने लहर चलेका बेला उनले भने फल र फूलका विरुवाको नर्सरी सुरु गरे । फूलका विरुवा बेचेर पनि पैसा कमाइन्छ भनेर धेरैले उनलाई त्यसबेला खिल्ली उडाएका थिए । धेरै मेहनत र संघर्ष गरेर दुइचार पैसा कमाउन थालेको समयमा एउटा कम्पनीले धोका दिएपछि ठूलो क्षति व्यहोर्नु परेपछि व्यवसायनै परिवर्तन गर्ने सोचमा पुगेका दीपक लाई स्वरोजगार कर्जाले नर्सरी क्षेत्रमा सफल ब्यवसायीको रुपमा चिनाउन हौषला प्रदान गर्याे । आज उनी देशमै सफल व्यवसायी बनेका छन् ।
आँफुसँग घितो नभएको बेला र पार्टीबाट ठगिएर व्यवसायनै छोड्ने मनसायमा पुगेको अवस्थामा स्वरोगारबाट २ लाख रुपैयाँ पाएपछि पुनः नर्सरी व्यवसायमा होमिएका दीपक भन्छन् , “व्यवसायबाट तङरिने आवस्थामा एउटा पार्टीले धोका दिएर घरको न घाटको अवस्थामा पुर्यायो । त्यसवेला स्वरोजगार कार्यक्रमबाट विना धितो कर्जा पाइने सुने अनि महालक्षी कृषि सहकारी संस्थाबाट २ लाख कर्जा लिएर पुनः व्यवसाय सुरु गरे आज आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।”
दीपकले पछिल्लो समय व्यवसलाई बृहत बनाएका छन् । उनले मेचीनग १३ स्थित चारआलीमा १ विगाह २ कठ्ठा जमिन लिजमा समेत लिएर नर्सरी व्यवसाय विस्तार गरेका छन् । सुरुमा व्याक्तिगत रुपमै व्यवसाय सुरु गरेका उनले पछिल्लो समय दुइवटा फर्म दर्ता गराएका छन् । ग्लोवल एग्रो एण्ड नर्सरी प्राली र ग्लोवल एग्रो एण्ड इन्डष्ट्रीज प्राली दर्ता रहेको छ ।
दीपक आफ्नो व्यवसायमा सधै व्यस्त रहन्छ उनीमात्र होइन उनकी श्रीमती जानुका निरौला नेपालको उनले दर्वीलो साथ पाएका छन् । श्रीमती जानुका समेत सधै माटोमा खेल्ने देखि विरुवाको रोपणमा व्यस्त रहन्छिन् । यति ठूलो र्फम बनाएर राम्रै कारोवार गर्दा समेत उनको परिवार मजदुर सँगै सधै काममा व्यस्त भेटिन्छन् ।
दीपकले आफ्नो दुबै फर्ममा ३२ जना स्थानीयहरुलाई रोजगारी समेत दिएका छन् । उनको फर्ममा ३० जना मजदुर र २ जना प्राविधिक छन् । आफ्नो फर्ममा विशेषगरी ड्राइगन फुड , एवोकार्डाे , ओखर, इकाइनट, मिकाडमिनट लगायत बिभिन्न फल तथा अगरउड, सेन्डरउड, पचौली, लेवन ग्रास , सिटोनेला तथा बिभिन्न प्रजातिका फूलहरु उत्पादन गरेर देशका विभिन्न भागमा निर्यात गरिहेको उनले बताए ।
दीपक भन्छन् ,“बजारको अभाव छैन, सवै क्षेत्र खालिछ, देशभरबाट बिरुवाको माग आइरहेको छ । आफ्नो उत्पादनले नभ्याएर अन्य क्षेत्रबाट समेत फलका विरुवा मागगरेर विक्रि गरिरहेको छु ।” आफ्ने नर्सरी फर्म देशमै सवै भन्दा ठूलो भएको दावी गर्दै आएका दीपकले राज्यलाई वार्षिक १० लाख कर बुझाउदै आएको बताए । दीपक कृषिपेशामा भविश्य छैन भन्नेहरुको लागि दर्विलो उदारहण समेत बन्दै आएका छन् । आफ्नो व्यवसायको सफलताको लागि महालक्षी कृषि सहकारीले पुलको काम गरेको उनको भनाई छ । नेपाल भन्छन् ,“सहकारीले स्वरोजगार कार्यक्रमको बजेट ल्याएको रहेछ । उहाँहरुले विना धितो ऋण पाइने सुनाउनु भयो त्यस पछि प्रक्रिया परागरेर कर्जा लियाँै र नर्सरीको काम सुरु गरिउँ ।”
२०६५ बैशाख मा ५४ जना सेयर सदस्य को ५४ हजार शेयर पुँजी बाट सुरु भएको महालक्ष्मी सहकारीमा हाल २२सय ४ जना सेयर सदस्यको ९० लाख शेयर पुँजी पुगेको सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले बताइन् ।
सहकारीले ५० लाख र ७५ खाखको बजेट स्वरोजगार कार्यक्रमबाट ल्याएर आफ्ना सदस्यहरुलाई १० प्रतिशत व्याजदरमा वितरण गरेको सहकारी संस्थाकी व्यवस्थापक प्रेम कुमारी सुवेदीले बताइन् । स्वरोजगार कार्यक्रमको बजेटबाट धेरै सदस्यहरु लाभान्वित बनेको उनको भनाई छ । सहकारीले दीपकलाई मात्र होइन सुभाष गुराँगाई, सुरज सुवेदी, चन्द्र तिवारी लगायत ८७ जनालाई कर्जा प्रवाह गरेको थियो ।
उता युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका कर्जा असुली सहजकर्ता सन्तोष सापकोटाले देशमै सवै भन्दा बढी बजेट झापा जिल्लामा वितरण गरिएको बताए । सरकारले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न र स्वरोजगार प्रदानगर्न विना धितो ३० हजार देखि २ लाख सम्म रकम सुलभ व्यजदरमा सहकारी मार्फत कर्जा दिन थालेको उनको भनाई छ । सहकारीले स्वरोजगारको बजेट माग गरे पहिलो पटक ५० लाख दोस्रो चरणमा ७५ लाख र तेस्रो चरणमा १ करोड सम्म विनियोजन गर्ने गरेको उनले बताए । स्वरोगगार कार्यक्रम सुरु भएपछि धेरै युवा बिदेश पयानबाट रोकीएको र देशमै स्वरोजार बन्न थालेको  सापकोटाको भनाई छ । झापामा हाल १२० वटा सहकारी मार्फत स्वरोजगार अभियान चलिरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी