भर्चुयल कार्यक्रमबाट म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

भर्चुयल कार्यक्रमबाट म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

ललितपुर  । नेपाल ज्ञानमाला भजन लगायत आधुनिक संगीत क्षेत्रमा अतुलनिय योगदान दिनुहुने भजन गुरु, संगीतज्ञ, गायक, रचनाकार, कलाकार तथा समाजसेवी स्व. पद्मज्योति बज्राचार्य द्वारा संगीतबद्ध नेपालभाषा गीत ूजित ख्वय्का छ वने फइ मखुू को म्युजिक भिडियो गत शनिवार एक भर्चुयल कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

नेपालभाषा तथा नेपाली भाषाका दर्जनौं भजन र आधुनिक गितका गायिका बिष्णु माया ब्यञ्जनकारले गाउनु भएको उक्त गितको म्युजिक भिडियोमा सञ्चारकर्मि तथा कलाकार अनुप शाक्य,ं नेपालभाषा क्षेत्रका लोकप्रिय तथा अनुभवी नायिका रोजिना सुवाल तथा सुष्मा बज्राचार्यको अभिनय रहेको छ । दर्जनौं म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसक्नु भएका कलाकार तथा निर्देशक सुरज नापितले यस म्युजिक भिडियोको निर्देशन गर्नुभएको हो । स्व. मन्त बज्रले निकै मार्मिक रुपले रचना गर्नुभएको यस गितको म्युजिक भिडियोको कथा सत्य घटनामा आधारित रहेको र त्यागको विषयलाइ समेटिएको निर्देशक सुरज नापितले बताउनु भयो । यस म्युजिक भिडियोको छायांकन, सम्पादन तथा कलर करेक्सन अमर चित्रकारले गर्नुभएको हो ।

जारी निषेधाज्ञाको समयमा पनि जुम मार्फत भर्चुयल रुपमा आयोजित उक्त प्रिमियर कार्यक्रममा मुख्य अतिथिको रुपमा नेपालभाषाका म्युजिक भिडियाका प्रथम निर्देशक तथा बरिष्ठ पत्रकार बिजयरत्न असंबरे रहनु भएको हो । साथै कार्यक्रममा सञ्जय शर्मा राजोपाध्याय, नेवा राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरज बीर बज्राचार्यका साथै विभिन्न मिडियाका सञ्चारकर्मि तथा ब्यक्तित्वहरुको उपस्थिति रहेको उक्त भर्चुयल कार्यक्र्रमको सञ्चालन अनुप शाक्यले गर्नुभएको हो ।

स्मरणिय रहोस् : सार्वजनिक उक्त गितको ओरिजिनल भर्सन स्व. पद्मज्योति बज्राचार्यंले गाउनु भएको हो ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी