महाकाली नदी गाँउपस्यो, सयौँ घर डुवानमा, वाढीपीडितको पालमुनी बास ! (तस्वीर सहित )

महाकाली नदी गाँउपस्यो, सयौँ घर डुवानमा, वाढीपीडितको पालमुनी बास ! (तस्वीर सहित )

  • आइतवार, असार ६, २०७८
  • -डम्मर दत्त भट्ट

  • 18.1K
    SHARES

कञ्चनपुर, ६ असार । अबिरल बर्षातका कारण महाकाली नदीमा पानीको सतह बढेसंगै नदी कञ्चनपुरको गाँउ बस्तीमा पसेको हो । महाकालीमा पानीको बहाब बृद्धि भएका कारण नदीमा मिसिने विभिन्न नदीखोला समेत थुनिएका छन । महाकाली नदी कञ्चनपुरको भीमदत्त नगरपालिका १२ र दोधाराचाँदनी नगरपालिका १० क्षेत्रका गाँउमा पसेर सयौँ घर डुवान र विस्थापित भएका छन । निर्माणाधिन महामाली चारलेन सडकका कच्ची संरचना समेत भत्काएको छ ।
चुरे भएर बग्ने भुजेला खोला भीमदत्त नगरपालिका १२ ऐरी क्षेत्रबाट महाकालीमा मिसिन्छ, तर महाकालीमा शनिबारदेखि बढेको पानी उक्त खोला थुनिएर नदीको पानी खोलामा पुगेर सो क्षेत्रका डेढ दर्जन घर डुवानमा परेको भीमदत्त नगरका जनप्रतिनिधीले बताएका छन । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष कृष्णसिह देउपाले ठूला नदीमा मिसिने साना खोला थुनिएर नदीकै पानी खोलामा पसेसंगै गाँउ डुवानमा परेको बताए । ‘महाकाली नदीमा मिसिनुपर्ने खोलामा उल्टै महाकाली मिसिएर पानी गाँउ पसेको छ, ‘उनले भने, ‘जनता विस्थापित भएका छन ।’ काठमाण्डौँमा सबेर बनाएका योजनाले उल्टै गाँउबस्ती डुवानमा परेको छ । सो क्षेत्रका वाढिपीडितको विचल्ली भएको छ । उनीहरु पालमुनी रातकाट्न बाध्य भएका छन । स्थानीय पीडित प्रमोद पालले पीडितको पीडा कुनैपनि निकायबाट सम्बोधन नभएको बताए । उनले भोटका लागि आउने पीडा पर्दा नआउने आएपनि पीडा नबुझिदिने समस्याले पीडित निरास बनेको बताए ।

No description available.
भीनपा १२ऐरीका वाढिपीडित दुर्गा चैसिरले विस्थापित भएसंगै समस्यामा परेको बताए । ‘दुई किलो चामल दिन्छन, त्यसले हामीलाई एक छाक पनि पुग्दैन, ‘उनले भने, ‘दुई किलो चामल दिने लाखौँको प्रचारबाजी गर्दछ ।’ राती अर्काको घरमा कसरी जाने । राशन बगेर समस्यामा भएको बताए । उनले खोलाको निकास दिनुपर्ने माग अघि सारे । अर्का पीडित प्रमोद भट्टले डुवान पारेको नभई डुवान पारेको बताए । ‘हामीलाई समस्यामा पारेर ठेकेदार बचाउने काम भयो, ‘उनले भने, ‘हाम्रो पीडा सम्बोधन भएन ।’ उता दोधाराचाँदनी नगरपालिका १० महाकाली नदीमा मिसिदा सयौँ परिवार डुवानमा परेका छन । दोधाराचाँदी नगरपालिका १० शान्ति टोल, बैद्य टोल कुतियाकबर क्षेत्रमा डुवान परेको छ । सो क्षेत्रमा डुवान परेकालाई अति विपद्मा परेका १५परिवारको शसस्त्र प्रहरीले उद्दार गरेको छ । दोधाराचाँदनी नगरपालिका प्रवक्ता दिल बहादुर सिजालीले नदी थुनिदा समस्या भएकाले यसको दिर्घकालिन निकासबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

No description available.
गयराती महाकाली नदीमा अढाई लाख क्यूसेक पानीको बहावले कञ्चनपुृरका गाँउबस्तीमा वाढि पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आइतबार बिहान महाकाली नदीको बहाव २लाख २३ हजार पुगेको बताए । ‘कहिले घट्छ, कहिले बढ्छ, ‘प्रवक्ता थापाले भने, ‘दोधारा र भीमदत्तका दुई बस्तीमा पानी पसेपनि अन्य भौतिक तथा मानविय क्षति भएको छैन ।’ प्रहरी उद्दार कार्यमा हाईअलट रहेको उनले बताए ।

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी