जिवन भित्रको जिवन

जिवन भित्रको जिवन

  • शनिबार, असार ५, २०७८
  • -निर्दोष नेपाल

  • 42.1K
    SHARES

अन्ततःमैले सम्झिए कौमारीमा फुल्दै गरेको एउटा फुलभित्र पानी, मल, जल, सिँचित गरी त्यसलाई फलाउनु र फुलाउनु नै जिवन रहेछ ।
ताते तातेका पैतलासंगै बा–बा, आमाको तोते बोलिले म पनि मानव हुँ भन्ने आभाष मलाई त्यतिनै बेला दिलाए होला । तर त्यो मेरो मानसपटलमा अहिले ताजा भने छैन । सायद मैले त्यतनिै बेला आफ्नो जिवन सुरु गरेँ तर मेरी आमालाई लागेहोला मलाई नौं महिना गर्भमा राख्दा नै मेरो जिवनको सुरुवाती पल त्यहि थियोहोला भनेर ।
सबैले आ–आफ्नै तर्क देलान, विश्लेषण गर्लान जिवन त क्षणीक रंगमञ्चको अभिनय हो । जिवन त एउटा स्वप्न हो जो ब्युँझिदा समाप्त हुन्छ । जिवन त कर्कलाकोृ पातको पानी हो कतिबेला भुँईमा त्वाप्प खस्छ थाहै हुँदैन । तर त्यहि पातमा रहँदा हामी हाम्रो सबथोक त्यसैलाई ठान्छौं । ढल्किँदै–ढल्किँदै अन्य पानीका बुँदहरुलाई पनि आँफैमा बिलिन गराउन चाहन्छौं बैभवशाली, शक्तिसाली बन्न चाहन्छौं ।
एउटा सत्यको बिगुल हर घडि बजिरहन्छ त्यहि जिवनमा तर हामी सुनेपनि नसुने झैं गर्छौ । मृत्यु नै जिवनको स्वास्वत सत्य भन्ने कुरा जान्दा–जान्दै पनि अन्जान कसरी बन्छौं हामी । मस्तिष्क भित्रको मस्तिष्क अबचेतन भएर कहिलै कसैले यो विषयमा मलाई यहि कुराले सँधै पिरोलि रह्यो । साँच्चिकै जिवन के हो त रु
कि म जिवन भित्र भर्खरै–भर्खरै पस्न खोज्द्यै छु, छुन खोज्दै छु, चिन्न खोज्दै छु, बुझ्न खोज्दैछु या मेरो हृदयले के जिवनलाई महशुसनै गरेको छैन रु यदि छैन भने जिवनको अर्थ केगरी बुझुला म र बुझलाउला मेरा सन्ततिलाई ।
जिवनको धरातल भित्र जिवन खोजेर हेर्दा नाम, पैसा, सोहरतले लतपतिएका मान्छेमात्रै ठम्यायो मेरो यो दृष्टिले । जिवनको अर्थ भन्नु त जिवन भित्रको जिवन पो रहेछ । मृत्युलाई चटक्कै भुलेर मलाई रमाउनु छैन यो क्षणीक संसारमा मलाई थुपार्नु छैन काम, क्रोध, लोभ, मोह, अहंकारभित्रको सांसारीक सुख–भोग ।
चाहे विज्ञानले मोहम्मद पैगम्बरलाई सच्चा जिवन मानोस या भगवान कृष्णलाई या किन नदिओस् भगमानकै उपमा बुद्धलाई तर कल्कि अवतारको डर हर अनुहारभित्र झल्किन्छ । गरुड पुरानको बैर्तनिको कथा त सुने पनि नसुने झैं गर्लाउ तिमि तर तिम्रो अगाडी समयले नेटो काटेर अस्ताएका आफन्तिरुको श्राद्धमा पिण्ड बगाउँदै गरेको देखेर कतै च्वास्स लागेन रु के जिवनको समाप्ति यहि हो भनेर ।

सबैले आ–आफ्नै तर्क देलान, विश्लेषण गर्लान जिवन त क्षणीक रंगमञ्चको अभिनय हो । जिवन त एउटा स्वप्न हो जो ब्युँझिदा समाप्त हुन्छ ।

म बसिरहेको घर मैले मेरो भन्दिन र भनिन पनि कुनै बेला यहि घरमा मेरा हजुरबुवा बस्नुहुन्थ्यो । उहाँ जिवितै छँदा उहाँले यस् घरलाई आफ्नो ठान्नुभयो यो ठान्नुभएन कि यो मेरो होईन, यहाँ मेरो केहि छैन नाङ्गो सत्यता बोकेर आएको म नाङ्गै जानेहो भनेर । मेरा बाले पनि मेरै हजुरबलाई नै पछ्याउनु भयो पुरा जिन्दगी मृत्यु बोकेर बाँच्नु भयो यो सब थोक मेरै हो भनेर । अहिले त्यो घरमा न मेरा बा हुनुहुन्छ नत हजुरबा नत भोली मनै रहने छु यहाँ के रहिछ त मेरो म आँफै बसिरहेको घर त मेरो रहेन छ ।
जिवन भरीको मेहनत, पसिना दुःख गरी कमाएको एक–एक पैसा जोडेर ठम्याएको कठै सुनौलो जिवको आश बोकेर लस्करै परदेशीएकाहरु तातो बाल्ुवा पसिनाले सिंचित गर्दै जवानी खाडि बेचेर सुन्दर घर, सुन्दर संसार र सरल जिवनको सपना बोकेर मातृभुमि छोडी परदेशीएकाहरु मेरो मानस्पटलमा जहिले ताजा भईरहन्छन् ।
तिन–चार वर्षको उमेर हुँदै पढाई केही समयपछि जागिर फेरी केहि अन्तरालमा घर गृहस्थी अनि बुढेसकालका लागी थोरै पैसा सन्चय हैन भने त आज्काल आफ्ना सन्तानहरुले आश्रमसम्मपनि छोड्दैनन् । के यही परिधि नै जिवन हो त ? कहि काँहि आँफैलाई प्रश्न सोध्न मन लाग्छ ।

सोच्छु अरुभित्र आँफु बाँचेर आँफुभित्र अरुलाई बचाएर बाँच्नु मलाई पनि । तर फेरी लाग्छ के भिरको सुनाखरी, डाँडाको धुपि र बनको ऐसेलु जिवन किन हुन सक्दैन मेरो ।
अर्थभित्र अर्नथ भेटेपछि मैले अर्थलाई अनर्थ नै छोडेको हुँ । यहाँ सबैलाई सुःख चाहिएको छ खुसि चाहिएको छ । भौतिक सुःख सुविधा चाएिको छ चाहे जिवनको अर्थ लागोस या अनर्थ । सायद समाजपनि यहि भएर रुपान्तरण भएको होला । मान्छेको हैसिएत र ओहोदालाई नमस्कार र सम्मान गर्ने प्रचलनमा गाँजिदै गएको । त्यसैले अब मलाई हामी हुनु छैन ।
मलाई अरु कसैको पनि हुनु छैन
मलाई मेरो भएर अर्थभित्रको जिवन बाँच्नु छ,
अब त आफ्नो प्रत्यक दिनलाई जिवन कै अन्तिमदिन सम्झेर जिउनु छ । काम क्रोध, लोभ, मोह, माया भन्दा पर र पुग्नुछ जिवन भित्रको जिवनमा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी