शिवप्रसाद शिवाकोटीप्रति मेरी आमा भागीरथा प्रसाईको धेरै स्नेह थियो । उनी किशोरावस्थामा पनि मेरी आमालाई भेट्न मेरा मामा र मावली दाइहरूसँग आठराई हाङपाङको जिजु हाउसमा पुगिरहन्थे । त्यतिखेर इवाबाट हाङपाङ पुग्न आठनौ घण्टा पैदल हिँड्नुपर्थ्यो । त्यति बेलैदेखि मेरी आमासँग शिव दाइको घनिष्टता थियो । त्यसैले हामीले शिव दाइकै आड, भरोसा र विश्वासमा सालबारीमा जग्गा किनेका थियौँ । हामीले त्यहाँ २०२६ सालको आरम्भमा जग्गा किन्यौँ र त्यसै साल मेरी आमा पहाड छोडेर मधेश बसाइ सरेकी थिइन् । साथै त्यसै वर्षको अन्तिमसम्ममा हाम्रो त्यहाँ घर बनेको थियो । घर बनाउन शिव दाइले पनि हामीलाई प्राविधिक मद्दत गरेका थिए । घर नबनुन्जेल उनी हरेक दिन एकदुई पल्ट हाम्रो घर आइ नै रहन्थे ।
सालबारीमा मेरी आमा, मेरो कान्छो भाइ र म बस्थ्यौँ भने शनिश्चरे बजारमा मेरा जेठा दाजुभाउजू बस्थे । सालबारीमा बस्न थालेपछि हामी आफैँले त्यहाँ खेतीपाती सुरु गरेका थियौँ । हाम्रो खेत पनि झापाका राम्रा खेतहरूमध्येकै अब्बल थियो । घरअगाडि नै सानो पैनी या भनौँ, खोली भएकाले हाम्रो खेत र बारी ९भिटा०मा हिँउदे र बर्खे बाली लाग्थ्यो । त्यति मात्र होइन हाम्रो खेतमा पनि शिव दाइकै खेत र भिटाजस्तो सालमा तीन बाली अन्नको उब्जाउसमेत हुने गर्थ्यो ।
झापामा शिवप्रसाद शिवाकोटी भनेपछि शोषकहरूको सातो जान्थ्यो । तर नेपालमा बहुदल आएपछि मैनालीहरू पनि मन्त्री भए तर सबैले गुरु मानेको शिवप्रसादले पछिसम्म पनि नेपाल पस्न पाएको थिएन । त्यस्तो महान् मान्छे भने कुनै पद नपाई मर्यो । मेरी दिदीको छोरो शिवप्रसाद शिवाकोटी र बहिनीको छोरो रामनाथ दाहाल भनेका झापा जिल्लामा नै गनिएका राजनीतिक मान्छे थिए । रामनाथलाई पनि सुखानीको जङ्गलमा लगेर पुलिसले गोली हाने ।’
हामीले सालबारीमा घर बनाएर बसाइँ सरेपछि सुरुका दिनमा त्यो ठाउँ हाम्रा लागि बिरानै लाग्थ्यो । तर हामीलाई नआत्तिन शिव दाइले हौसला दिइ नै रहन्थे । त्यतिखेर मेरी आमाले शिव दाइसमक्ष रुँदै भनेकी थिइन्— ‘मेरो जेठा छोराले जङ्गलका माझमा ल्याएर हामीलाई थुपारिदिएको छ । उनीहरू लोग्नेस्वास्नी सुकिलामुकिला भएर महिनाको एक दिन आउछन् र एकडेढ घन्टा बसेर बजारमा फर्किहाल्छन् ।’ अनि शिव दाइ मेरी आमालाई उत्तर दिँदै भन्ने गर्थे— ‘सानीमा म छु नि १ म भएपछि सानीमाले केको फिक्री मानेको नि १’ वास्तवमा त्यतिखेर शिव दाइले हाम्रा लागि मुखले मात्र सहयोग गरेनन्स उनी कामले नै हामीमाझ प्रिय भएका थिए । उनैले हाम्रो घरका लागि गाईगोरु, भैँसी, राँगा, हली, गोठाला आदि प्रायः सम्पूर्ण व्यवस्थापन गरिदिएका थिए । हुन त गाउँले मामा बलिराज इङ्नाम, मित भाइ हरि रानामगर र छिमेकी जगत रानामगर, इन्दिरा रानामगर आदिले पनि मेरी आमाको सेवार्थ अनेकौँ कृत्य गरेका थिए । तर शिव दाइ भने हाम्रा लागि संरक्षकजस्तै नै देखिन्थे । किनभने उनी मेरी आमाका दिदीका छोरा पनि थिए । उनी लडाकू स्वभावका थिए र निर्भीक पनि थिए । त्यसैले मेरी आमा उनको थप गुन गाउने गर्थिन् । उनीप्रति म पनि खुबै झुकाव राख्थेँ । सालबारीमा हाम्रो आडभरोसा भन्नु नै शिव दाइ अग्रपङ्क्तिमा थिए ।
शिव दाइ हरेक दिनको बिहान या साँझ मेरी आमालाई भेट्न हाम्रा घर आउँथे । कुनै दिन उनी साँझमा ढिलो आएका बेला हामी रातिसम्म पनि उनलाई कुरेर बस्थ्यौँ । कुनै एक दिन हाम्रा घरमा शिव दाइको प्रवेश नहुँदा भोलिपल्टको बिहानै मेरी आमाले मलाई भन्ने गर्थिन्— ‘शिवप्रसादको चालचलन ठीक छैन, उसलाई पुलिसले लग्यो कि क्या हो ! के भएको रहेछ बुझेर आइज, छोरा ! ’ आमाले मलाई अराएपछि म तुरुन्तै शिवबस्ती पुग्ने गर्थें ।
शिव दाइ र मेरा ठुल्दाजु विष्णुभक्त प्रसाईको खुबै मिल्ती थियो । हाम्रो घरबारीमा फलफूलका बोटबिरुवा रोप्न उनीहरूको पनि सल्लाह थियो । अनि शिव दाइका सल्लाह, सहयोग र निर्देशनमा हाम्रो घरको बारीमा हामीले बरबगैँचा पनि लगाएका थियौँ । हाम्रो नौ बिघा जमिनमध्ये एक बिघाजति भिटामा हामीले फलफूल मात्र लगाएका थियौँ । त्यति बेला सालबारीमा सबैभन्दा राम्रो फलफूलको बगैँचा शिव दाइको नै थियो र दोस्रो नम्बरमा हाम्रै बगैँचा गनिन्थ्यो । हाम्रा बारीमा बढेका लिची, आँप, कटहर, केरा, मेवा, नरिवल, सुपारीले हाम्रो घरलाई घेरेको देखिन्थ्यो । त्यति बेला हाम्रा बगैँचामा हरदिन एकदुई घरी केरा पाकेकै हुन्थे । त्यतिखेर हाम्रा बारीका डिलमा केराका बोट मात्र दुई सयजति थिए भने पन्ध्र सयवटा सुपारीका बोट थिए । हाम्रा बारीमा सिम्रिकदेखि पानसम्मका लहराले हाम्रो बगैँचा थप लोभिलो देखिन्थ्यो । मूलबाटो या केही परबाट देख्ता हाम्रो बगैँचा लघु जङ्गलजस्तै देखिन्थ्यो । अनि बगैँचाको माझमा हाम्रो आधुनिक शैलीको मधेसी घर र छेउमै अर्को सानो भान्साघर पनि थियो । अनि मेरी आमाले ती सबै निर्माणको श्रेय शिव दाइलाई नै दिने गर्थिन् ।
मेरी आमा भागीरथा प्रसाई राजनीतिमा पनि चासो राख्ने नारी थिइन् । शिव दाइलाई उनी राज्य सत्तामा गएको हेर्न नै चाहन्थिन् । त्यसैले उनी घरिघरि शिव दाइबारे बेलिविस्तार लगाउन पनि छाड्दैन थिइन् । त्यसै परिवेशमा मेरी आमाले इन्दिरा प्रसाईद्वारा लिखित ‘मेरी सासू’ ९भागीरथा प्रसाईको आकृति स् २०६५० नामक कृतिमा शिव दाइबारे पनि आफ्नो मन खोलेकी थिइन्—
‘मेरी दिदीका छोरा शिवप्रसाद शिवाकोटीको पनि सालबारीमा घरजग्गा थियो । उनीहरूको जग्गा धेरै थियो । शिवको घर पनि सालबारीको सबैभन्दा राम्रो घरमा दरिथ्यो । त्यस घरमा फलफूलका बोटहरू पनि धुमधाम थिए । मदेसमा पाउन सकिने सबै फलफूल शिवप्रसादका बारीमा पाइन्थ्यो । उनीहरूको घरचाहिँ राजमार्गतिर भएकाले त्यहाँ जानआउँन झन्नै आधा घण्टाभन्दा बढी नै लाग्थ्यो । त्यसैले त्यतातिर जान म प्रायः भ्याउँदिनथेँ । अनि मलाई भेट्न प्रायः हरेक दिन शिवप्रसाद नै हाम्रो घर आउँथ्यो । सालबारीको बसाइँका क्रमको सुरुसुरुमा शिवले मलाई निकै सहयोग गरेको हो । सालबारीमा उसले मलाई निस्तो भात खान कहिल्यै दिएन । मेरा दुहुना गाईभैँसी थाक्ने बित्तिकै उसैले ल्याएर दुहुना बाँधिदिन्थ्यो । कठैबरी १ कम्युनिस्ट भएर निकै दुक्ख पायो त्यसले । शिवप्रसादलाई घोडा बनाएर निकै मानिस ठूला नेता भए ।
मेरो जेठो छोरो विष्णुभक्त र शिवप्रसाद खुबै मिल्थे । मेरो जेठो छोराले झापाका कम्युनिस्टलाई संरक्षण दिने गर्थ्यो । त्यसैले शिवप्रसाद शिवाकोटीहरूको बास पनि मेरो जेठो छोराको घरमा हुने गर्थ्यो । शिवप्रसाद शिवाकोटी न्यायवादी पनि थियो । उसले कसैलाई अन्याय पनि गरेन । कसैलाई अन्याय पर्यो भने उसले जुलुस उठाइहाल्थ्यो । झापामा शिवप्रसाद शिवाकोटी भनेपछि शोषकहरूको सातो जान्थ्यो । तर नेपालमा बहुदल आएपछि मैनालीहरू पनि मन्त्री भए तर सबैले गुरु मानेको शिवप्रसादले पछिसम्म पनि नेपाल पस्न पाएको थिएन । त्यस्तो महान् मान्छे भने कुनै पद नपाई मर्यो । मेरी दिदीको छोरो शिवप्रसाद शिवाकोटी र बहिनीको छोरो रामनाथ दाहाल भनेका झापा जिल्लामा नै गनिएका राजनीतिक मान्छे थिए । रामनाथलाई पनि सुखानीको जङ्गलमा लगेर पुलिसले गोली हाने ।’
म शनिश्चरे हाईस्कुलमा आठ कक्षामा पढेताकको कुरा हो— प्रशासनले धेरै दुक्ख दिन थालेपछि शिव दाइ भारत पसे । अनि म पनि नौ कक्षा पढ्न मेरी आमाबाट काठमाडौँतिर पठाइएँ । त्यसपछि सुखानी घटनाले झापा विद्रोह लाखापाखा लागेको थियो ।
-‘शिवप्रसाद शिवाकोटीको जीवनी− ९ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीबाट झापा विद्रोहको नेतृत्व- १ !’ पढ्नुहोला ।