गद्य कविता- निफर मन

गद्य कविता- निफर मन

  • मङ्लबार, असार १, २०७८
  • निर्दोष नेपाल

  • 15.2K
    SHARES

बिधि पागल अनि सत्य पागल भएको पागल दुनियामा
सदाचारको पातलो घुम्टो
अनि सत्यको सप्को हाल्न खोज्दा
मौका छोपि पखाल्दै गर्दा
प्रत्यक पाईलामा भुकम्प पाए
प्रत्यक बिचारमा आलोचना खेपे
हत्या अपहरण अनि बलात्कारका घटनाहरु
निेमेशमा विस्फोट बनेर
निद घोप्टिएका आँखाहरुमा
अबिरल बहेका अभावहरुमा
शरिर उभ्याउने पाईतलाहरुमा
मध्यरातमा आधि झ्याल ढक्ढकाएर
अभावको त्यो कालो प्रकाशमा
आश्रय माग्दछन मसंग
बस के दिन सक्छु म

आफैमा आधारबिहिन छु
आफैमा विचार बिहिन छु
अचेलत म सत्ता पक्ष प्रतिपक्षको भर्याङमा चढ्दै ओलदैं गरिरहेको छु
क्षितिजको गर्भबाट जन्मेका बिचारहरु खोज्दै
शान्तिसंग बुद्ध खोज्दै
आकाशसंग क्षितिज खोज्दै
नयाँ नेपालको शिविरमा उक्लिरहेका सयौं जिवनहरु खोज्दै
आँखाले भ्याउन्जेलसम्म
दृष्टिले ठम्याउन्जेल सम्म
स्बन्धनले सुंघन्जेलसम्म
मेरो यात्रा अनन्त रहने छ घुम्दै छु धेरै ठाउँ घुमे तर यात्राको फलै लागेन

टुक्रिन लागेको जीवनको अगाडी
खारा, जाजरकोट, मुगुमा ओत लागेर हेरे
हस्पिटलसंगै सैया खोजे
बिरामिसंगै अक्सिजन खोजे
डाक्टरसंगै उपचार खोजे
तर मैलेत यहाँ मानवता भित्र पनि मानवता देखिन
बस जिवनको सम्पादनमा जुटेका कलम र मसिहरु
उपन्यास भर्ने मेरा जोसिला अक्षरहरु
सरकार सरकार नरहेपछि
बन्द हड्ताल, चक्का जाममा परे
त्यसैत अचेल म ?
स्तब्ध छु
मौन छु
सिथिल छु
बस जे छु
नयाँ नेपाल मै छु यौटा निफर मनको साथमा छु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी