खै ? कहाँ हराए मेरो सिमानाका ति जंगे पिलर हरु ,
रातारात गायव भैरहेका छन मेरा चारैतिरका पिलरहरु ।
अनि म खुम्चिरहेछु हरेक दिन ,लुटिरहेछु चारै प्रहर,
मेरा बिर सपुत हरुले जमाएर फिजारिएको थिए म हासेको थिए।
खै मेरो आफ्नु अस्तित्व ?
किन बोल्न सक्दैनौं तिमिहरु मेरो अस्तित्व को बारेमा ,
हे नेता हो किन बेच्दैछौ मेरो आफ्नो सान लाई तिम्रो कुर्सिको पद्को लागिनै।
अस्ति लडे बिर बलभद्र,भिम सेन ले खुकुरी र खुडा को भरमा,
मेरो आफ्नु अस्तित्व लाई जोगाई राख्न एक घुड्की पानीको भरमा।
एक कदम पनि पछि परेनन तातो गोला खान ,
बैरिको पिडा र गुटुक्क पानी खान समेत न पाई जोगाए मेरो सान।
पहिलेको सम्झन्छु मन रुन थाल्छ जान्छ उडेर टिस्टाको किनारमा,
त्यहाँ पुगि टोलाई हेर्छु नदि बिचका ठुला ठुलाजंघे पिलरमा।
फेरि फर्कन्छु काङ्ग्डा पुग्छु हेर्दछु मेरा सपनाहरू ले लगयेको सिमाना,
चारैतिर घुमेर हेर्छु अनि आतिन्छु म त खुम्चिएर सानु भयेछु ।
रोकिदैनन मेरा आसु मलाई पीडाले तड्पाउन थाल्छ अब त म सानु भएछु,
कतिसारो लुछेर खाएछन बैरिले सानु भएर निन्याउरो मुख लगायेर बसेछु।
कठै म त सारै निम्सरो ,टुहुरो भएछु,
निचोरेर मेचि र कालि भनि राखि दिए तिनै पराई ले ,।
त्यसमा पनि फेरि किन लुछि रहन्छ हरपल मलाई नै ,
सासै फेर्न नदिई पल पल लुस्न र चुस्न अझै छोडेनन मलाईनै।
तिनै तिर बाट चुसिरहन्छ भारतले,
उत्तर बाट झर्दै आखा लगाउछ चाइनाले।
कोहि पनि बुझ्न् सक्दैनन मेरो मुटु रोएको ,
त्यसै माथि बेच्दै छौ नागरिकता नाङ्ग्लो मा फिजाई तिनै बिदेशी लाई,कहाँ गए मेरा सपुत बलभद्र जस्ता जन्मेनन अरु कोहि,
बेच्दा बेच्दा अब त मेरा जनता सबै बेचि सकेयौ।
काला पानी बेचेउ लिपु लेक अनि खै लिम्पिया धुरा,
किन चुप अनि मौन छौ मेरो अस्तित्व लुटिरहदा।
हैन,
यो मेरो देशमा कोहि जन्मेका छैनन मन्त्री हुने लायकका,
त्यसैले सुम्पदै छौ अंगिकृत नागरिक लाई राज गर्न अरु सबै नालायक।
खैरु कता गुमाउदैछौ मेरो अस्तित्व !!
खै रु मेरो हिन्दुराज्य ,अनि मेरो रास्ट्र्बाद,
म लाई चाहिन्छ मेरो आफ्नै सस्कृति अनि मौलिक परम्परा ।
त्यसैमा रमाउन चाहान्छु म त्यसैमा हास्न चाहान्छु ,
चारैतिर घुमेर हेर्दछु म लाई चाहिन्छ मेरो चार किल्ला ।
बेच्न पाउदैन मेरो अस्तित्व अनि मेरा प्यारा छोरा छोरि लाई,
सधैं खोजी रहने छु मेरो चार किल्ला लाई