आफ्नै श्रीमतीलाई मन्त्री बनाएपछि वादल समुहभित्र असन्तुष्टी !

आफ्नै श्रीमतीलाई मन्त्री बनाएपछि वादल समुहभित्र असन्तुष्टी !

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

अहिले धमाधम नेताहरुका श्रीमान् श्रीमती नै कि पालै पालो कि एकै पटक केन्द्रदेखि प्रदेश सम्म मन्त्री बनेकोमा त्यसै पनि आलोचना हुने गरेको छ ।
आजै विस्तार हुन लागेको मन्त्रीपरिषद्मा पनि माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले आफ्नै श्रीमती नैनकला थापालाई सञ्चार मन्त्री बनाउन लागेपछि बादल समुहभित्र असन्तुष्टी व्यक्त भएको स्रोतको दाबी छ ।
गत जेठ ६ गते सर्वोच्चको आदेश बमोजिम मन्त्री पद गुमेपछि बादल सहित उनको समुहमा रहेका सातै मन्त्रीले संसद विघटन भए पछि पुनः नियुक्ति पाउन लविङ गरीरहेको सार्वजनिक भएको थियो ।
तर ओलीले नयाँ मान्छे पठाउन त्यो पनि दुई वटा सम्म मन्त्रालयमा भनेपछि वादल समुह भित्र आफै जाने कि कसलाई पठाउने भन्नेमा बहस भएको थियो ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तपाईको नेतृत्वमा दुई जना जतिको नाम दिनु आजै शपथ गराउने भनेर खबर पठाएका थिए । र बादल त्यो दिन शपथ खाने मनशायमा रहेपनि लेखराज भट्ट लगायत केहीले हामीलाई पनि हुनु पर्छ भनेको र त्यो भए पछि बरु लौ म पनि जान्न, नयाँ नै पठाँउ भनेर बादलले भनेपछि सो दिन मन्त्रीले शपथ खाएका थिएनन् ।
आज विस्तार हुन लागेको मन्त्रीपरिषद्मा वादलकी श्रीमतीलाई सञ्चार मन्त्रालय दिईएको छ भने माओवादी छाडेर एमाले प्रवेश गरेकी ज्वाला कुमारी शाह कृषि मन्त्री हुने भएकी छन् । उनी प्रभु शाहको जोडमा मन्त्री हुन लागेको बुझिएको छ ।
यस अघि नयाँ नाम पठाउन भनेपछि चन्द्रबहादुर खड्का देखि बालकृष्ण ढुंगेल, नवीन रोक्का लगायतको नाम सो समुहको छलफलमा परेपनि अन्ततः वादलले श्रीमतीलाई मन्त्री बनाएपछि उनको पछि लागेर हिँडेका कार्यकर्तामा असन्तुष्टी बढेको छ ।
आफै खाने, आफूलाई नभए श्रीमतीलाई खुवाउने ? यो कस्तो अचम्म भयो , नेताहरुले आफू बाहेक सार्वजनिक पदमा कसैलाई जानै नदिने , खानै नदिने एक कार्यकर्ताले बताए ।
यस अघि नैनकला थापा राष्ट्रिय महिला आयोगकी अध्यक्ष भईसकेकी थिईन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी