युवा नेताहरुको प्रसम्सनिय कार्य: काठमाडौंमा निशुल्क खाना बितरण

युवा नेताहरुको प्रसम्सनिय कार्य: काठमाडौंमा निशुल्क खाना बितरण

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.6K
    SHARES

नेपाली कांग्रेशका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाइ भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा बिहान र साझ खाना बितरण अभियानसुरु गरेका छन्।
भर्खरै मात्रै हृदयघात को अपरेसन पछि स्वास्थ्यमा सुधार आयपछि नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाहि तथा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेताहरुको सक्रियता निशुल्क खाना बितरण गरियको छ।
पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका बेला मा पनि काठमान्डौ, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा लागेका नेता शाही गत फागुन महिनामा हृदयघात भएपछी अस्पतालमा भर्ना गरी केही महिना उपचार गरिरहेका थिए ।

केही महिना हिँडडुल नगरी आरम गर्ने डाक्टरको सल्लाह भयपनि आफ्नो स्वास्थ्यको प्रबहा नगरि नेता शाही अहिले काठमान्डौमा अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त भएका छन ।

काठमान्डौमा वसोवास गर्ने लकडाउनमा समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान आज छैटौ दिन पुगेको छ। काङ्ग्रेस युवा नेता शाहीले भने स् सेवानै धर्म हो।मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भाबना राखेर हामि केहि युवा साथिहरुको पहलमा यहि जेठ २१ गते बाट सुरु गरियको यो अभियान अन्तर्गत आज सम्म बिहान र साझ गरि २५ सय भन्दा बढि ब्यक्तिहरुलाइ निशुल्क रुपमा खाना बितरण गरियको शाहीले बतायका छन्।निषेधाज्ञाको कारण समस्यामा पर्नु भयका महानुभाव हरुलाइ भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा बिहान र साझ खान बितरण सुरु गरियको नेता शाहीले बताय।
नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाही ले भनेस् रास्ट्रीय सन्कट र महामारी मा राजनीतिक दलाहरु र सामाजिक अगुवा हरु घर मा सुतेर बस्नु दुखद बिषय हो। बास्तबमा सरकार, राज्य, पार्टिहरु, नेताहरु, नागरिक अगुवाहरु चाहिने भनेकै जनतालाइ दुख, पिडा, अप्ठ्यारो पर्दा नै हो तर अहिले कोरोना महामारीमा नेपाली नागरिकहरु हस्पिटिलमा छटपटाइरहदा जिम्मेवार पक्षहरु रमिता हेरेर बस्नु दुर्भग्य भयको उनले बताय।ुु
वीपी स्टडि युथ सर्कल बागमति प्रदेस अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुबास पुरिको बिसेस सम्योजनमा नेपाली काङ्ग्रेस का प्रभाबसाली युवा नेता भुपेन्द्र जङ शाही अनि वीपी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगायतले सुरु गरेको यो निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अबधिभर जारि रहनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी