के प्रधानमन्त्री ओलीको विरोध गरेर मात्रै देश बन्ला ?

के प्रधानमन्त्री ओलीको विरोध गरेर मात्रै देश बन्ला ?

  • आइतवार, जेष्ठ २३, २०७८
  • -रोसन बस्नेत

  • 9.7K
    SHARES

राजनीति सधैं सिधा रेखामा मात्रै हिँड्दैन, यो उबड-खाबड सबै बाटोमा बहन्छ । यो शक्तिको खेल पनि हो । राजनीतिमा इस्युका आधारमा सम्बन्धहरु गठन पुनर्गठन भइरहन्छन् । अझ भनौं हाम्रो जस्तो संघीय लोकतान्त्रिक गणतन्त्रले भर्खर मात्र बामे सार्दै गरेको अवस्थामा र हाम्रो जस्तो सानो मुलुक जो सामरिक भूराजनीतिक चपेटामा परेको देशमा त झन् धेरै उतारचडावहरू आउँछ्न् र हुन्छ्न् नै । हो, हामीले संसदीय पद्धति अंगिकार गरेका छौं र त्यसको अभ्यास गर्दै पनि छौं । निश्चिति रूपमा संसदको जोड घटाउको माध्यमद्वारा नै सरकार निर्माण र सञ्चालन हुन्छ । पद्धति र कार्यशैलीका विषयमा पर्याप्त मत भिन्नता र बहसहरू हुन थालेका छ्न् र हुन्छ्न् पनि । त्यसमा पछि निरन्तर बहस र छलफल गर्दै गरौंला । छलफल र बहसद्वारा निस्केका निश्कर्षहरूलाई हामीले संश्लेषण गरी सामूहिक हितका लागि ग्राह्य बनाउँला बनाउँदै जाउँला । राजनीति र राजनीतिक प्रणालीका बारेमा बदलिँदो विश्व परिवेशका आधारमा हामी युवा पुस्ताले त झन् धेरै घोत्लिनु आवश्यक छ । यो क्रम निरन्तर चलिरहन्छ र चलाउनु पनि पर्छ ।
मैले आज यहाँ उठाउन खोकेको कुरा के हो भने सामाजिक सञ्जाल र मिडियाहरुमा सरकार पुनर्गठन र मधेशवादी दलहरुको सरकारमा सहभागिताको विषयलाई लिएर विभिन्न खाले मतहरु पक्षधरताका हिसाबले आउन थालेका छ्न् वा अझ भनौं यो सरकारका पक्षमा निरन्तर रक्षाकवज भएर सामाजिक सन्जालमा आगो ओकल्ने युवा साथीहरु नै कतिपय मन्त्रीज्यूहरुको बहिर्गमनमा सम्मान, मजाक र भद्दा टिप्पणी गर्नुभएको छ भने कतिपय मन्त्रीज्यूहरुको इन्ट्रीलाई लिएर त झन् धेरै मजाक र निराशा व्यक्त गर्नुभएको छ र गर्दै हुनुहुन्छ ।
सर्वप्रथम त हामीले के बुझ्नु जरुरी छ विषय के हो भने हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । सरकार सञ्चालनको सर्वेसर्वा नै प्रधानमन्त्री हो भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । सरकार अर्थात् क्याबिनेटमा अल्पमत वा बहुमत भन्ने नै हुँदैन । त्यहाँ प्रधानमन्त्रीले जे बोल्नु हुन्छ जे निर्णय गर्नु हुन्छ त्यही मान्य हुन्छ र लागू हुन्छ । मन्त्री भनेका त फगत प्रधानमन्त्रीका सहयोगी मात्रै हुन् । यद्यपि प्रधानमन्त्रीले आफ्नो कतिपय अधिकार मन्त्रीहरूलाई दिने चलन हुन्छ । त्यसो भएको हुनाले मन्त्रिपरिषदको गठन बजारमा आए जस्तो फलानोलाई बनाउनु पर्छ ढिस्कानोलाई बनाउनु हुँदैन भनेर आफ्ना केही मन परेका नजिककालाई अति नै भद्दा ढंगले समर्थन गर्ने र आफूलाई मन नपरेकालाई उग्र विरोध र तेजोबध गर्ने कुरा कमसेकम आफ्ना फ्यान फलोवर्सहरूलाई गराउनु हुँदैन जुन भइरहेको छ त्यो ठिक भइरहेको छैन । प्रधानमन्त्रीले आफू सफल हुनलाई र आफ्नो भिजन लागू गर्नका लागि बदलिँदो राजनीतिमा जसलाई मन्त्री बनाउँदा सहज हुन्छ उसैलाई बनाउनु पर्छ । त्यो सहजता हामी कार्यकर्ताले नेतालाई सकारात्मक सन्देश दिने हिसाबले अभिव्यक्ति दिनु पर्छ जुन भइरहेको छैन । एकातिर प्रधानमन्त्री सफल हुनुहोस् पनि भन्ने अनि अर्कोतिर अनावश्यक दबाब दिएर काम गर्न बाधा गर्ने । कसेकम हामीले यो गर्नु हुँदैन । हामीले पूरा कार्यकाल प्रधानमन्त्रीलाई काम गर्ने वातावरण दिनु पर्छ भन्छौं भने त्यो सहजता पाउनु पर्छ, दिनु पर्छ ।

‘राजनीति जागिर होइन यो सेवा हो यो आर्जन गर्ने मोर्चा होइन त्याग प्रदर्शन गर्ने चौतारी हो, अनि यो भयातुर भई धनुषटंकार नमस्कार गर्ने यात्रा होइन जोखिम उठाउने विकट उकाली हो ।’

अब कुरा गरौं राजेन्द्र महतोहरुको सरकारमा इन्ट्रीको । मान्छेहरुलाई लागेको छ कि हिजो यो संविधान ठिक छैन भनेर जलाएर हिँड्ने महन्त ठाकुर र राजेन्द्र महतोहरू नै हुन् । केपी ओली मुक्त मधेश निर्माण गर्ने अभियान र शंखघोष गर्नेहरु आज केपी ओलीकै क्याबिनेटमा ? भन्ने लागेको होला । तर, साथीहरु खास राजनीति नै यही छ नि होइन र ?  यो संविधान मान्दिनँ भनेर हिँडेको एउटा ठूलै शक्तिलाई यो संविधान मान्छु र यो संविधान नै ठिक हो भन्ने ठाउँम पुर्‍याउनु के यो केपी ओलोको सफलता होइन ?  अनि केपी ओली सफल हुनु भनेको नेकपा एमाले र सिङ्गो पार्टी पङ्ति सफल हुनु हैन र ? त्यति मात्रै हाइन यो देश नै बिखण्डन गर्नुपर्छ टुक्र्याउनु पर्छ भनेर नाम झण्डा, नक्शा, राष्ट्रियगान समेत तयार गरेर मधेशका टिनएज (युवा) हरु को दिमाग भुटेर मधेशलाई उग्र बनाउने र यो देशका प्रत्येक नेपालीको टाउको दुखाइको विषय बनेका सिके राउतलाई शान्तिपूर्ण ढंगले यो संविधान मान्छु भन्ने ठाउँमा पुर्‍याएर निर्वाचन आयोगमा समेत दल दर्ता गरी मूल धारमा ल्याउनु के केपी ओलीको अर्थात् नेकपा एमालेको सफल हैन र रु हतियारबन्द राजनीति मात्रै सबै थोक हो भन्ने विप्लवहरू आज शान्तिपूर्ण राजनीतिमा आउनु के ओलीको मात्रै सफलता हो र ?  नेकपा एमाले र सिङ्गै देशको सफलता हैन र ?
हो, धेरै कुरा हामीले हिजो चुनावमा जनतासँग बाचा गरेका कुरा पूरा गर्न सकेका छैनौं । अहिले नै परिणाम देखाउन सकेका छैनौं होला तर बुझ्नु पर्ने कुरा के छ भने यत्रो घेराबन्दी र भूराजनीतिको दब्दबा मात्रै होइन विश्व नै महामारीले आक्रान्त भएका बेला जति भएको छ नि, त्यो इतिहासमा सुनौलो अक्षरले लेखिने गरी जग हाल्ने काम प्रधानमन्त्री केपी ओली कै पालामा भएको छ । तर, हामीले भन्नै पर्छ कि सार्वजनिक पदमा बसेका कतिपय गन्यमान्यहरूको कार्यशैली अभिव्यक्तिका कारणले हामीलाई लज्जा बोध गराएको छ । राजेन्द्र महतोले हिजो मन्त्रीको कुर्सीमा बसेर जुन अभिव्यक्ति दिए त्यो आपत्ति जनक नै छ । नेपाल इतिहासमा कहिल्यै पनि बहुराष्ट्रिय राज्य थिएन र हुने पनि छैन र राष्ट्रिय मुक्ति आन्दोलन पनि हुने छैन । उनी अहिले पनि विद्रोहीको जस्तो ह्याङ ओभरमा छ्न् । त्यो सच्याउनु पर्छ । र, उनले माफी माग्नु पर्छ । तर, त्यो उहाँहरूको मात्रै दोष होइन कि हाम्रो राजनीतिक प्रणाली र संस्कारको दोष हो । राजनीति जबसम्म धमिलो हुन्छ भिड्ले जहिलेसम्म निर्णय गर्छ, त्यो भइ नै रहन्छ । हाम्रो निरन्तरको अभ्यासले बिस्तारै हामी सङ्लो राजनीतिमा प्रवेश गर्ने छौं । हामी आशावादी होऔं र निरन्तर लागि रहौं ।
अन्तिममा ‘राजनीति जागिर होइन यो सेवा हो यो आर्जन गर्ने मोर्चा होइन त्याग प्रदर्शन गर्ने चौतारी हो, अनि यो भयातुर भई धनुषटंकार नमस्कार गर्ने यात्रा होइन जोखिम उठाउने विकट उकाली हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी