आँसुको त्यो मोल मेटी मनको कुरा किन गर्छ्यौ
पसिनाको सुगन्ध भुली धनको कुरा किन गर्छ्यौ ?
जिउनलाई त यसै जिउँछ जिन्दगी यो कसै गरी
पिरतीको छक्का छोडी रनको कुरा किन गर्छ्यौ ?
फूलको रङ जीवनभरि फुल्छ जीवन फूलै सरी
सलाई कोरी वसन्तमा वनको कुरा किन गर्छ्यौ ?
स्वार्थको यो तलाउमा गहिराई देख्ने को नै छ र
अनन्त खुसी बिर्सिएर टनको कुरा किन गर्छ्यौ ?
रूप आफ्नै धुप आफ्नै जिन्दगीको सोह्रै बाना
आकार फेरि बिगारेर घनको कुरा किन गर्छ्यौ ?
मूर्दा बनी जल्नु नै छ एक दिन सबै चितामाथि
ह्रदयको सङ्गित तोडी तनको कुरा किन गर्छ्यौ ?
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline