अब मान्छे १२० वर्ष सम्म बाँच्न सक्छन्, ईजरायली वैज्ञानिकले गरे यस्तो अनुसन्धान !

अब मान्छे १२० वर्ष सम्म बाँच्न सक्छन्, ईजरायली वैज्ञानिकले गरे यस्तो अनुसन्धान !

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

मान्छे हरेक जना लामो समय सम्म स्वस्थ्य जीवन जिउन चाहन्छन् । औसत मानिसहरु ६० देखि ९० वर्ष भित्र मृत्युको शिकार हुन्छन् । अझ गरीब देशहरुमा त ५० वर्ष हाराहारी पुगेपछि बुढो भईयो, आयु सकिन लाग्यो भन्ने चलन छ । विकसित देशमा औसत आयु बढी नै छ ।
यस्तोमा अहिले कोरोना महामारीका बीच पनि ईजरायलका एक वैज्ञानिकले मानिसको आयु बढाउन नयाँ अनुसन्धान गरेका छन् । उनको अनुसन्धान रिपोर्टका अनुसार प्रोटिनको सहायतामा मानिसको आयु सामान्यतया १२० वर्ष सम्म पुर्याउन सकिन्छ ।
मान्छेलाई लक्षित गरेर शुरु गरिएको यो शोधमा प्रारम्भमा मुसामा परीक्षण गरिएको छ । २५० मुसामा गरिएको परीक्षणमा मुसाहरुको जीवन २३ प्रतिशतले वृद्धि भएको पाईएको छ ।
एसआईआरटी सिक्स नामक प्रोटिनको आपुर्ति बढाएर आयु लम्ब्याउन सकिने पाईएको छ ।
जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित रिपोर्ट अनुसार प्रोफेसर हेम कोहेनले प्रोटिनको आपुर्ति बढाएर मानिसको जीवन १२० वर्ष सम्म सामान्य रुपमा बाँच्न सकिने बताउन सक्ने बताए ।
उनका अनुसार आउने तीन वर्ष भित्र मानवमा सफलतापुर्वक यस्तो प्रोटिन आपुर्तिका लागि परीक्षण गर्न सकिने अवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी