सन्दर्भः विश्व धुम्रपान रहित दिवस २०२१

सन्दर्भः विश्व धुम्रपान रहित दिवस २०२१

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिनु यादव

  • 23.4K
    SHARES

सूर्तिजन्य पदार्थ छोड्नुस् विजेता हुनुस्  विश्व धुम्रपान रहित दिवस २०२१ को मुल विषयको रुपमा रहेको छ। हरेक वर्ष मे ३१ मा मनाईने यस दिवसको मुख्य उदेश्य नै सुर्तीजन्य महामारि र यसबाट हुन जाने मृत्यु र रोगहरुको रोकथाममा विश्वव्यापी ध्यान आकर्षित गर्नु हो। विश्व धुम्रपान रहित दिवसको सिर्जना १९८७मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरु द्वारा गरिएको हो। सम्पुर्ण नागरिकहरुलाई सूर्तिजन्य पदार्थको खतरा बारे सचेत गराउन यस दिवसलाई अभियान सामाग्रिको रुपमा वर्षौलि मनाईने गरिएको तथ्य छ।
सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थय, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रि, वितरण तथा सेवन गर्ने कार्यको नियन्त्रण तथा नियमन गर्ने हितमा यी कार्यहरुलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने सम्वन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन० ऐन,२०६८ ल्याईएको हो। धेरैजसो प्रभावकारी नियिन्त्रण राष्ट्रिय कानुनहरु अन्तराष्ट्रिय नितिहरुमा आधारशील हुने हुदाँ, राष्ट्रिय सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन तथा नियमावलिहरु पनि उहि विश्वव्यापि सूर्तिजन्य तथा धुम्रपान रहित निती पुरा निमित्त जोडिएको देखिन्छ।
सूर्तिजन्य पदार्थ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८ ले सूर्तिजन्य पदार्थको नियन्त्रण, उत्पादन तथा विक्रि, वितरण, निरिक्षण, अनुसन्धान तथा मुद्दा दायरि र उल्लेखित प्रावधानहरुको उल्लंघन भएको खण्डमा सजाय तथा पुनरावेदन र विविध गरि परिच्छेद २ देखि परिच्छेद ६ भित्र उल्लेख गरेको छ। प्रस्तुत ऐनको परिच्छेद २ मा सूर्तिजन्य पदार्थको नियन्त्रण सम्वन्धी व्यवस्था छ। सार्वजानिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नहुने साथै आफ्नै घर तथा निजी सवारी साधन भित्र पनि अन्य व्यक्तिलाई असर हुने गरि धुम्रपान गर्न नहुने प्रावधान वनाईएको छ । त्यसै गरि परिच्छेद ३ ले सूर्तिजन्य पदार्थको उत्पादन तथा विक्रि वितरण क्षेत्रमा प्रकाश पार्दछ। उत्पादकले सूर्तिजन्य पदार्थमा लेबुल, ट्रेडमार्क,र्यापर्स तथा प्याकिङमा विशेष ध्यान पुर्याउनुपर्ने र विक्रि वितरण गर्न अघि यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य कुराहरु उल्लेख गर्नुको साथै निकासी पैठारि गर्ने व्यक्तिले हरेक वर्ष अफुले गरेको उत्पादन तथा निकासी पैठारिको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्ने, उत्पादकले सुर्तीजन्य पदार्थको बट्टामा र्यापर्स, प्याकेट र लेबुलको बाहि कुलभाग मध्ये कम्तिमा ७५५ भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतनावनि मुलक सन्देश तथा चित्र उल्लेख गर्नेपर्ने साथै यस्तो पदार्थको कुनै प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाईने प्रावधानहरु उल्लेख गरिएको छ।
यसै ऐनको परिच्छेद ४मा निरिक्षण अनुसन्धान तथा मुद्दा दायरि सम्वन्धी प्रावधान व्यख्या गरिऐको पाईन्छ। यहाँ कसैले ऐनको प्रावधान विपरितको काम पुरा गरे वा नगरेको सम्वन्धमा निरिक्षण गर्ने समेतको लागि नेपाल सरकारले अधिकृत कर्मचारिलाई निरिक्षकको रुपमा तोक्न सक्ने र निरिक्षक भई तोकिएको ले वर्षभरिमा आफुद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्ने छ। यस बाहेक व्यवस्थापक आफैले आफुसँग सम्बन्धित सार्वजानिक स्थलमा यस्तो कार्य गरेको वा नगरेको सम्वन्धमा समय समयमा निरिक्षण गर्नुपर्ने र उजुरि आईपरेको खण्डमा निरिक्षकले अनुसन्धान तथा तहकिकात समेत गर्नुपर्ने र त्यस पश्चात मुद्दा चलाउने देखिएमा निरिक्षकले त्यसरि अनुसन्धान सकिइको २५ दिन भित्र मुद्दा हेर्ने अधिकारि समक्ष मुद्दा दायर गर्नु पर्ने कुरा यहा उल्लेखित छ। अनततःयस ऐनको मुख्य उदेश्य पनि विश्व धुम्रपान रहित दिवसको झै धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवन र गैरकानुनि वितरणमा रोक लगाई पुर्ण रुपमा व्यक्तिको निकोटिन प्रयोगलाई नियन्त्रण गर्नु हो।
त्यसैगरि हालको विश्वव्यापी कोभिड-१९ माहामारि को बखत, अन्वेषकहरुले धुम्रपान तथा सूर्तिजन्य र प्रतिकुल कोभिड १९ रोगको नतिजा सम्बन्धमा ध्यानाकर्षण गर्दै धुम्रपान गर्नेहरुलाई त्याग्न जोडिदिएको छन् । यु एस सर्जन जनरलको रिपोर्टले देखाएको प्रमाणले सिगरेट धुम्रपानले प्रतिरक्षा प्रणालीलाई दमन गर्ने, श्वासप्रश्वासको संक्रमण जोखिम बढाउने जस्तै पुरानो अवरोधक फुफ्फुसिय रोग ,दम ,हृदय र फोक्सोको रोग लाग्न सक्ने हुदाँ सिग्रेट धुम्रपान गर्ने मानिसहरुको लागि कोरोना भाईरस अझ बढि खतरनाक र अन्य प्रकारका भाईरसका लागि पनि गम्भिर किल्निकल परिणामहरु सँग सम्वन्धि भएको कुरा देखाएको छ। धुम्रपान निवारणको व्यापक हस्तक्षेप तम्बाकुका प्रयोगलाई काम गर्ने आवश्यकतालाई नै जाने वैज्ञानिक प्रमाणहरु भएकोले धुम्रपान नियन्त्रण सम्वन्धि ध्ज्इ फ्रेमवर्क सम्मेलनले पार्टीहरुलाई तम्बाकु प्रयोगकर्ताहरुका लागि जागरुकता र समाप्ति सेवा बढाउन आह्वान गर्दछ। तसर्थ हालको विश्वव्यापि महामारि र धुम्रपान तथा सूर्ती सेवनको प्रतिक्रिया मा रोगको गम्भिरता बढ्ने हुदाँ देशहरुले सुर्तीजन्य उत्पादन बिक्रिमा प्रतिबन्ध लगाउने वा सूर्तीजन्यको प्रयोगलाई कम गर्नका लागि उपायहरु पहिल्याउने हुदाँ सुर्तीजन्य पदार्थ तथा धुम्रपान को सम्भावनालाई बढाएर भाईरस सार्ने सम्भावना वृद्धि हुने ९जस्तैः श्वास प्रश्वासको थोपा छोड्दा, श्वासफुक्दै साझा पानीको पाईप प्रयोग गर्दाको मुखका टुक्राहरु आदि० कुरामा रोक लगाउने प्रबन्ध गरिदै छ। उदाहरणको लागि, भारतमा सन् २०२०को अप्रिलमा देशले तम्बाकु उत्पादनहरुको बिऋिमा प्रतिबन्ध लगाएको थियो र कोभिड १९ को प्रसारलाई रोक्न सार्वजानिक रुपमा धुम्रपान नगरि सूर्तीजन्य पदार्थको उपभोग गर्नबाट अलग रहनुपरेको कुरा हामिमा अवगत नै छ। त्यसैगरि दक्षिण अफ्रिकाले पनि सुर्तीजन्य उत्पादनहरुको बिऋी वितरणमा प्रतिबन्ध लगाएको छ। तसर्थ वर्तमान कोभिड १९ महामारिले तम्बाकु प्रयोगकर्तालाई प्रमाण आधारित, बृहत सूर्तीजन्य उपवास सेवाहरु प्रदान गर्ने र सूर्तीजन्य नियन्त्रण नीतिहरुलाई सुदृढ पार्न अभूतपूर्व अवसर प्रस्तुत गर्दछ।
अनततः यि सबै कार्यहरु अस्थायी भए पनि सुर्तीजन्य नियन्त्रण कार्यक्रमहरु र नीतिहरुलाई सुदृढ बनाएर विश्वव्यापि लाखौँ मानिसहरुलाई सुर्तीजन्यको सेवन र दोस्रो हाते धुवाँबाट जोगाउन र विश्वव्यापी सुर्तीजन्य बोझ कम गर्ने अवसर प्रस्तुत गर्दछ।
सबैमा विश्व धुम्रपान रहित दिवसको २०२१को हार्दिक शुभकामना।
सफलतापूर्वक सूर्तीजन्य प्रयोग छोड्नुस र सूर्तीजन्य मुक्त संसारतर्फको प्रगतिलाई गति दिनुहोस् ।

-लेखक विए एलएलबी अध्ययनरत छिन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी