अर्केको फोटो राखेर सामाजीक सन्जालमा नमोबुद्धका मेयरलाई बद्नाम गराउने प्रयास, साइवर क्राईम अन्तरगत मुद्धा हाल्ने तयारी

अर्केको फोटो राखेर सामाजीक सन्जालमा नमोबुद्धका मेयरलाई बद्नाम गराउने प्रयास, साइवर क्राईम अन्तरगत मुद्धा हाल्ने तयारी

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

जेठ १५ ,काभ्रे । काभ्रे नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना यतिबेला कोरोना संक्रमित भएर थलिएका छन् । उनी आईसोलेसनमा बसिरहेका छन् । उनी अहोरात्र नगरवासीको हित र समाजसेवामा काम गर्दै आईरहेका व्यक्तित्व हुन् ।मेयर तिम्सिना कोरोना आफू संक्रमित भएपनि पालिका भित्रका अन्य संक्रमितलाई सुविधासम्पन्न अस्पातलमा भर्ना गराउनेदेखि अक्सिजनको बन्दोबस्तीसम्मका काममा समन्वय गरिरहेका छन् ।

तिनै मेयर टिपी शर्माले अस्पतालमा छट्पटाईरहेका बिरामीलाई फु्रटी बाँडेको अर्कै व्यक्तिको फोटो हालेर मेयर शर्मालाई बदनाम गर्ने कोशिस गरिएको छ ।
कृष्ण शिबाकोटीको नाममा चलेको फेसबुकबाट उक्त पोष्ट भए पछि अहिले नगरपालिका एक्सनमा उत्रिने तयारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सो तस्वीर सहितको स्टाटस हाल्ने कृष्ण शिवाकोटीलाई फोन गरेर सार्वजनिक माफी माग्न या त साईबर क्राईमको मुद्धा हाल्ने तयारी भएको जनाउ दिए पछि शिबाकोटीले स्टाटस हटाँउ कि के गरौँ भन्ने जवाफ दिएको स्रोतको दाबी छ ।

शिबाकोटीले पटक पटक यस्तो स्टाटस चेन्ज गर्दै म के गरौँ भनेर लेखेको पनि देखिएको छ । शिबाकोटी पूर्व प्रहरी अधिकारी भएको बुझिएको छ ।
जुन तस्वीर शिबाकोटीले मेयर टिपी शर्माको भनेर हाले त्यो फोटो आफ्नो नभएको शर्माले मिर्मिरेलाई बताए ।

शर्माले एक त कालो चस्मा लगाउदैनन् भने मेयर भईसकेपछि र उमेर अनुसार शर्माको जुन अवस्थाको तस्वीर आउछ त्यो मेल खाँदैन । झण्डै डेढ बर्ष अघि उक्त फोटो सामाजिक सन्जालमा सार्वजनिक भएको पाईएको छ । अहिले त्यहि तस्बिरमा देखिएका व्याक्तिलाई नमोबुद्धका मेयर भनेर उनको बदनाम गराउने सड्यन्त्र अनुरुप पुनः प्रचार गरेको देखिन्छ । तस्बिर नियालेर हेर्ने हो भने प्रष्ट हुन्छ यो तस्बीरमा बिरामीलाई जुस दिदै गरेका व्याक्ति मेयर तिमल्सिना होईन् ।

शिवाकोटीलाई मिर्मिरेले सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमै फोटो देखेकाले आफूले तानेर हालेको बताए ।आफुलाई फोटोमा भएका व्याक्ति को हुन् भन्ने थाहाँ नभएको भन्दै उनले पछि आफ्नै स्टाटसको कमेन्टमा नमोबुद्धका मेयर भनेर लेखिएको भेटेपछि आफुलेपनि पनि त्यसलाई हालेको बताउछन् ।

शिवाकोटीले राखेको स्टाटस

यस्तो स्थितिमा कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्ति या नागरिककै पनि यसरी सामाजिक सञ्जालमा बदनाम गरिनु गलत भएको नगरपालिकाका कर्मचारीहरु बताउछन् ।
नगरपालिकाले आजै सो स्टाटसमा चरित्र हत्या गरिएकोमा माफी माग्न चेतावनी दिदै विज्ञप्ति जारी गर्ने तयारी गरेको अधिकृत पौडेलले जानकारी दिए । त्यसो नभए कानुनी कार्बाहीमा जाने पनि उनले बताए ।साइवर क्राईम अन्तरगत मुद्धा चलाउने तयारी नगरपालीकाको रहेको छ ।

साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । साइवर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ ।

हाल कोरोना संक्रमण भएपछि हामे आइसोलेसनमा उपचाररत मेयर तिमल्सिना । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी