यति बेला ठूला मिडियाका कार्टुन देखि नेताका भाषण र सामाजिक सञ्जालहरुमा सम्मानित राष्ट्रपति बिरुद्ध चर्का अभिव्यक्ति र आलोचनाहरु देखिन्छ । यसले हाम्रो समाज र राजनीतिक संस्कार भित्रको विकृतिलाई प्रतिविम्वित गर्छ । हामी बिरोधका नाममा गाली गलौज गर्नु, चरित्र हत्या गर्नु र सम्मानित संस्थाको बदनाम गर्न उद्धत हुन्छौँ । यसमा ठूला भनिएका नेता कार्यकर्ता पनि सामेल भएको देख्न सकिन्छ । तर हामी आफै कति चोखो, कति सरीफ र सभ्य छौँ भन्ने कुराबारे कहिले सोँचेका छौँ ? सम्मानित संस्थाबाट वा सरकारबाट भएका काम कार्बाहीप्रति सबै जनता सँधै सन्तुष्ट नहुन सक्छन् । संसारभरीका राज्य व्यवस्थाहरुमा सरकारको वा कार्यकारी प्रमुखले गर्ने सबै निर्णयबाट सबै जनता सँधै सन्तुष्ट नहुन सक्छन् । आलोचना र विरोध गर्न संविधानले अधिकार दिएको पनि छ तर त्यसले कम्तीमा मर्यादा र शिष्टताको ख्याल गर्नु पर्दछ । अन्यथा यस्तो संस्कृति र विरोधको शैलीले भोली देशलाई, अरु नेतालाई र समाजलाई पनि नकारात्मक प्रवृतितिर धकेल्छ ।
सन् १९५० देखि मार्च २०२१ सम्म विश्वमा ४८ जना महिलाहरु राष्ट्राध्यक्ष र ३३ जना महिलाहरुले सरकारको नेतृत्व गरेका छन् । ४८ जना राष्ट्राध्यक्षहरु मा हाल ११ वटा देशहरु इष्टोनिया, सिङगापुर, इथोपिया, जर्जिया, साल्कोभा, ग्रीस, तान्जानिया, कोसोभोमा अहिले पनि महिलाहरुले राष्ट्रको नेतृत्व गरेको अवस्था छ । त्यसमा हाम्रो देश नेपाल पनि पर्दछ, जहाँ दोस्रो कार्यकालको रुपमा विद्यादेवी भण्डारीले राष्ट्राध्यक्षको रुपमा देशको नेतृत्व गरिरहनु भएको छ । हाल बहाल रहेका ११ महिला राष्ट्राध्यक्षहरुमा एशियाबाट सिङगापुर र नेपाल मात्रै रहेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनको ७० बर्ष पछि नेपालले महिलालाई राष्ट्राध्यक्षकोरुपमा पाएको छ । तर हल्ला र प्रतिशोधको राजनीतिका मतियारहरुले यो अवसरलाई गौरवको बिषय कहिले बनाउन सकेनौ ।
हिलारी क्लिटन जस्तो शक्तिशाली महिला भएको देश अमेरीकाले त अहिलेसम्म महिला सरकार र राष्ट्र प्रमुख दिन नसकिरहेको वेला विश्वका थुप्रै देशहरुले महिलाहरुलाई राष्ट्र प्रमुख बनाएका छन् । सवैभन्दा पहिले महिला राष्ट्राध्यक्ष पाउने देश मंगोलिया हो, जहाँ शुखवातारयान यान्जमा सन् १९५३ मा राष्ट्र प्रमुख बनेकी थिइन । श्रीलङकाले सन् १९९४ देखि २००५ मा चन्द्रिका कुमारातुङगालाई राष्ट्र र सरकार प्रमुखको रुपमा पाएको थियो भने सन् २००७ मा प्रतिभा पटेललाई राष्ट्र प्रमुखको रुपमा पाएको थियो । दक्षिण एशिमामा थुप्रै महिलाहरुले सरकार प्रमुखको रुपमा काम गरिसकेको अवस्था छ । छिमेकी भारतमा सन् १९६६ देखि १९७७ सम्म १० बर्ष इन्दिरा गान्धीले सरकारको नेतृत्व गर्नु भएको थियो भने बङगलादेशमा शेख हसिना वाजेद र वेगम खालिदा जियाले पटक पटक सरकारको नेतृत्व गरेको अवस्था छ । पाकिस्तामा वेनीजर भुट्टोले सने १९९३ मै सरकारको नेतृत्व गरेको अवस्था थियो । मैले यो प्रसङ यहाँ उठाउनुको सन्दर्भ के हो भने विश्वमा हालसम्म ८१ जना महिलाहरु राष्ट्राध्यक्ष र सरकार प्रमुख हुँदा र हाम्रै छीमेकीमा आजभन्दा झण्डै ५५ बर्ष अगाडी महिलाहरुले सरकार चलाउँदा हाम्रो देशले विद्यादेवी भण्डारीका रुपमा महिला राष्ट्राध्यक्ष पाउन सन् २०१५ कुर्नु पर्यो भने अझै सरकारको नेतृत्वमा महिला पुग्न कति बर्ष कुर्नु पर्ने हो, अन्दाज गर्न निकै कठिन छ ।
२००७ साललाई प्रस्थान विन्दु मान्ने हो भने नेपालको लोकतान्त्रिक आन्दोलनको ७० बर्ष पछि नेपालले महिलालाई राष्ट्राध्यक्षकोरुपमा पाएको छ । तर हल्ला र प्रतिशोधको राजनीतिका मतियारहरुले यो अवसरलाई गौरवको बिषय कहिले बनाउन सकेनौ । विश्व समुदायमाझ हामीले प्राप्त गरेको यो उपलव्धीलाई गाली र धम्कीको भाषा बोलेर राजनीति र पत्रकारीता गर्ने हरिलठ्ठकहरुले पचाउन सकेनन् । तर विश्वका २ सय १२ भन्दा वढी देशहरुमा महिला राष्ट्राध्यक्ष रहेका ११ देशहरुमा नेपाल पनि पर्दछ भनेर हामी सवै नेपालीको छाती गर्वले फुल्दछ ।
राष्ट्रपति संस्था गणतन्त्रको प्रतिक हो । त्यहाँ बहाल मान्छे देशको अविभावक हो । अहिले विद्यादेवी भण्डारी राष्ट्रपतिकारुपमा हाम्रो अविभावक हुनुहुन्छ । उहाँले संविधानले प्रदान गरेका अधिकारहरु पालना गर्नु भएको छ । तर उहाँकावारेमा बेला वेलामा सुनियाजित प्रहारहरु भैरहन्छन । कहिले गाडीको सन्दर्भ उठाएर, कहिले के को ? कहिले सपथको बिषय बनाएर एउटा गिरोह नै उहाँको अपमान गर्न लागि परीरहेको छ । अहिले पनि पत्रपत्रिकातिर छापिएका केही कार्टुन, समाचार, सामाजिक सञ्जालमा आएका टीप्पणीहरु मार्फत यस्ता हर्कतहरु देखा परेका छन् । यो देख्ता कुनै विना अध्ययन, मानिसहरु कति सजिलै अरुको बारेमा प्वाक्क बोल्छन, लेख्छन । आखिर उनीहरुले यसबाट के प्राप्त गर्छन कुन्नी, ? फगत आत्मरती भन्दा उसले केही प्राप्त गर्दैन ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता, नेपालीहरुको स्वतन्त्रता र महिलाहरुको राजनीतिक सशक्तिकरण र सुनिश्चिताकालागि उहाँले खेलेको नेतृत्वदायी भुमिका विर्सेर उहाँमाथि सतही टिप्पणी गर्नु भनेको हाम्रा गौरवमय राजनीतिक परिवर्तनप्रति अपमान गर्नु हो ।
विद्यादेवी भण्डारीको आफनै राजनीतिक इतिहास छ । उहाँले नेपालको कम्युनिष्ट र महिला आन्दोलनमा पु¥याएको योगदान विश्वका अरु देशका महिला राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको भन्दा कम छैन । नेपालको विद्यार्थि आन्दोलन र महिला आन्दोलनका हरेक मोर्चाहरु सम्हाल्दै पार्टीमा नेतृत्वदायी भुमिका निर्वाह गरेर उहाँ त्यो पदमा पुग्नु भएको हो । नेपालको राष्ट्रियता, सार्वभौमिकता, नेपालीहरुको स्वतन्त्रता र महिलाहरुको राजनीतिक सशक्तिकरण र सुनिश्चिताकालागि उहाँले खेलेको नेतृत्वदायी भुमिका विर्सेर उहाँमाथि सतही टिप्पणी गर्नु भनेको हाम्रा गौरवमय राजनीतिक परिवर्तनप्रति अपमान गर्नु हो । सस्तो लोकप्रीयताकालागि गरिने यस्ता टीप्पणीहरुले देश र आफनै साख गिराउछ । यसको अर्थ गल्तीहरुमा आलोचना नै गर्न नपाइने होइन, तर त्यो बिषय सङगत हुनु पर्दछ । आलोचना गर्न पाइन्छ तर त्यो आलोचना स्वस्थ्य र सुधारकालागि हुनु पर्दछ । तर आलोचनाका नाममा व्यक्तिको अपमान गर्ने काम सभ्य समाजले पचाउन सक्दैन । राष्ट्रपति मुलुकको अविभावकीय सम्मानीत संस्था हो, त्यसैले यो संस्था वा व्यक्तिका वारेमा आफनो मनको तुष्टिकालागि नियोजित प्रहार गरेर आफनै मुखमा कालो पोत्ने काम बन्द गरिनु पर्दछ ।
सरकारका निर्णयहरुबारे असन्तुष्टी जनाउन सकिन्छ । यो लोकतन्त्रले दिएको सुविधा र अधिकार हो । तर यहाँ कतिपय दिग्गज भनिएका नेता र कार्यकर्ताहरुनै अपाच्य गाली गलौजमा लागेको देख्दा हाम्रो राजनीतिक संस्कार, व्यवहार र प्रवृति कता जाँदैछ भनेर अनुमान गर्न सकिन्छ ।
कुनै पनि राष्ट्रपतिले कार्यकारी सरकारको मन्त्रीपरिषद्ले गरेका निर्णयहरुलाई र गरेका सिफारीसहरुलाई समर्थन दिनु वा स्वीकृत गर्नु उसको संवैधानिक दायित्व हुन्छ । राष्ट्रपतिले त्यही गर्नु भएको हो जो सरकारले सिफारीस गरेको छ । त्यसलाई राष्ट्रपतिसँग जोडेर अमर्यादित गाली गलौज र आलोचना गर्नु सभ्य समाज भित्र असभ्यताको प्रतीक हो । सरकारका निर्णयहरुबारे असन्तुष्टी जनाउन सकिन्छ । यो लोकतन्त्रले दिएको सुविधा र अधिकार हो । तर यहाँ कतिपय दिग्गज भनिएका नेता र कार्यकर्ताहरुनै अपाच्य गाली गलौजमा लागेको देख्दा हाम्रो राजनीतिक संस्कार, व्यवहार र प्रवृति कता जाँदैछ भनेर अनुमान गर्न सकिन्छ । अझ बढी महिला राष्ट्रपति भएकै कारणले अपमानित गरिनु दुखदः छ । सबैले सभ्य तरीकाले तर्क र बहस गरौँ । समाज र राजनीतिक संस्कारलाई सभ्य र मर्यादित बनाउने दिशामा अघि बढौँ ।