जब जब सरकारका विरोधीहरु, मुलुकमा यो वा त्यो नाममा राजनीतिक अस्थिरता निम्त्याउन सफल हुन्छन्, त्यतिवेला नेपालको सम्मानीत संस्थाहरुमाथी शिलशिलेवार प्रहार हुन्छ भनेर हामीले बुझनु पर्दछ । किनकी यो काम कसैको डिजाईनमा हुने गर्दछ । नेपालको सर्वोच्च संस्था भनेको राष्ट्रपति हो । नेपालको संविधान २०७२ को भाग ६ को धारा ६१ मा राष्ट्रपति सम्वन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ र निजको काम संविधान र संघीय कानून बमोजिम आफ्नो काम सम्पादन गर्नु, राष्ट्रिय एकताको प्रवर्धन गर्नु र संविधानको पालन र संरक्षण गर्नु हुनेछ भनेर स्पष्ट व्यवस्था गरिएको छ ।
त्यस्तै धारा ६६ (२) अनुसार राष्ट्रपतिले आफनो अधिकार प्रयोग गर्दा कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानी व्यवस्था भएको काम बाहेक उहाँवाट गरिने अन्य जुनसुकै कार्य मन्त्रीपरिषदको सिफारीस र सम्मतिबाट हुने र यस्तो सिफारीस र सम्मति प्रधानमन्त्रीबाट पेश हुने व्यवस्था गरिएको छ । त्यसैले राष्ट्रपतिबाट भए गरेका जतिपनि राजकीय कामहरु छन, ती सवै राष्ट्रपतिबाट मनलागि हिसावले गरिएका कार्यहरु होइनन् उहाँले त संविधानले प्रदान गरेको आफनो भुमिकालाई अक्षरस पालना गरेको मात्रै हो भनेर हामीले किन बुझन सकिरहेका छैनौ ? संविधान रचना वा निर्माण गर्ने मानिसहरुबाटै अर्थात सरकारका विपक्षी दलका नेताहरुबाटै संविधानमा व्यवस्था गरिएको राष्ट्रपतिको भुमिका र कामलाई किन विवादित बनाउन खोजिरहेका छन् ? अहिले आम नागरिकहरुको वीचमा यो प्रश्न उठीरहेको छ ।
पदीय महत्वकाक्षा पुरा नहुँदा तिमीमा पलाएको कुण्ठाको अभिव्यक्ति गर्ने ठाउँ राष्ट्रपति संस्था होइन् त्यस्तो अराजनीतिक काम वन्द गर । सक्छौ, जनताको मन जितेर त्यो ठाउँमा पुग, सक्दैनौ, यो संस्थालाई गाली गरेर आफनो राजनीतिक उचाई बढछ भन्ने कुत्सित कल्पनामा नरमाउ ।
देशको सर्वौच्च पदमा दोस्रो कार्यकालकोरुपमा अहिले विद्यादेवी भण्डारी हुनुहुन्छ । तर जव जव मुलकमा राजनीतिक स्थिरता, विकास, सुशासन नचाहने शक्तिहरु हावी हुन थाल्दछन् । त्यसपछि यो संस्थाको गरिमा र मर्यादा समेत भुलेर उहाँमाथि वैयक्तिक र राजनीतिक लाञ्छनाहरु लगाउन शुरु गरिन्छ । राजनीति विग्रिएपछि मान्छे अराजक वन्छ र त्यो राजनीतिक अराजकता र अकर्मणयताको अभिव्यक्तिको प्रहार सम्मानित राष्ट्रपति संस्था र त्यसमा अहिले बहाल विद्यादेवी भण्डारीमाथि हुन्छ, किन ? गणतन्त्रको प्रतीकको रुपमा रहेको यो संस्थाप्रति र त्यसमा बहाल रहनु भएकी भण्डारीमाथि विरोधी दलका नेता कार्यकर्ताबाट बदनियतपुर्ण हिसावले निरन्तर प्रहार हुन्छ, किन ? अहिले गणतन्त्र र यो संस्थाप्रति अगाध श्रद्धा व्यक्त गर्ने मानिसहरु प्रश्न गरिहरेका छन र भनिरहेका छन्, राष्ट्रपतिमाथि गरिने यस्तो अराजक हर्कत र अपमान गर्ने काम बन्द गर । पदीय महत्वकाक्षा पुरा नहुँदा तिमीमा पलाएको कुण्ठाको अभिव्यक्ति गर्ने ठाउँ राष्ट्रपति संस्था होइन् त्यस्तो अराजनीतिक काम वन्द गर । सक्छौ, जनताको मन जितेर त्यो ठाउँमा पुग, सक्दैनौ, यो संस्थालाई गाली गरेर आफनो राजनीतिक उचाई बढछ भन्ने कुत्सित कल्पनामा नरमाउ । यदि त्यसो गरेनौ भने तिमीले आकासतर्फ फर्केर थुकेको थुक तिम्रो अनुहार भरि हुनेछ । तिम्रो अनुहार भरी तिम्रै थुक देखेर आम जनताले तिम्रो अनुहारसँग घीन मान्ने छन् ।

केही केही मानिसहरु विद्यादेवी भण्डारीकाबारेमा सतही टीप्पणी गर्दछन । जननेता मदन कुमार भण्डारीकी धर्मपत्नी भएको नाताले उहाँ त्यो स्थानमा पुग्न सफल हुनुभएको छ । हो, यो पनि एउटा सत्य आधार हो, यसमा लुकाउनु पर्ने कुनै कारण छैन । २०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्याङमा जन्मिनु भएकी विद्यादेवी भण्डारीको यो भन्दा फरक आफनै राजनीतिक पृष्ठभुमी छ । विद्यार्थी जीवनदेखी नै नेपालको कम्युनिष्ट राजनीतिमा सक्रिय विद्यादेवी भण्डारी २०३७ सालमै महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित हुदाँ उहाँलाई आलोचना गर्ने धेरै मानिसहरु जन्मिएका पनि थिएनन होला । यही राजनीतिक पृष्ठभुमीमा २०३९ सालमा मदन भण्डारीसँग भुमिगतरुपमा उहाँको विवाह सम्पन्न भएको थियो । २०३९ देखि २०४६ सालसम्म दुवैजनाको भुमिगत जीवनमा उहाँहरुले पार्टी, देश र जनताप्रति उठाएको जोखिमपुर्ण पहलकदमीकावारेमा कसैले अध्ययन गरेको छ ? त्यो समयमा मदन भण्डारीलाई त्यो राजनीतिक उचाईमा पु¥याउन उहाँले खेलेको त्याग र सर्मपणलाई कसैले बुझन कोशिस गरेको छ ? इतिहासको त्यो कठिन र कहालीलाग्दो समयमा सतिसाल बनेर उभिएका मदन र विद्याकावारेमा अहिले त्यो वेला नजन्मिएका र जन्मिएपनि राजनीतिको क, ख नबुझेका मानिसहरुले उहाँको प्रतिष्ठा र त्यागकालाई नजर अन्दाज गरेर उहाँको अपमान गर्न उद्धत छन । यो देखेर त्यो बेलाको इतिहास बुझने मानिसहरु कति हास्छन होला ?
मानिसहरु अहिले विद्या भण्डारीको पदलाई मात्र देख्छन्, तर उहाँले समग्र महिला आन्दोलन, नेपाली महिलाहरुको राजनीतिक रुपान्तरण र राज्यका हरेक संरचनामा महिलाहरुको ३३ प्रतिशतको राजनीतिक सुनिश्चितताकालागि उहाँले गरेको योगदान किन विर्सन्छन् ?
२०५० जेष्ठ ३ मा दासढुङगा दुर्घटनाको चोट विद्या भण्डारीकोलागि कस्तो थियो होला ? यो घटनाले उहाँलाई कति मर्माहत बनाएको थियो होला ? तरपनि उहाँले यो शोकलाई शक्तिमा वदल्नु भयो । २०५० सालमै काठमाण्डौ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा नेपाली काग्रेसका तत्कालिन सभापति र अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्नुभयो । त्यो विजयी सामान्य मानिसकालागि कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यसपछि २०५४ सालमा सम्पन्न छैटौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भण्डारी २०६५ मा भएको बुटवल महाधिवेशन र २०७१ मा काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । त्यस्तै उहाँले २ दशकभन्दा वढी आम नेपाली महिलाहरुको नेतृत्वदायी संगठन अखिल नेपाल महिला संघको अध्यक्षकोरुपमा कार्य सम्पन्न गरिसक्नु भएको छ । विद्यादेवी भण्डारी मुलुकको त्यो सर्वोच्च पदमा त्यतिकै पुग्नु भएको होइन, यो भन्दा पहिला पनि उहाँले जनसख्या तथा वातावरण मन्त्रालय र रक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।
विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्राध्यक्ष र नेपालको पहिलो महिला राष्ट्राध्यक्ष हुनुहुन्छ । राष्ट्रपति पदमा यो उहाँको दोस्रो कार्यकाल हो । मानिसहरु अहिले उहाँको पदलाई मात्र देख्छन्, तर उहाँले समग्र महिला आन्दोलन, नेपाली महिलाहरुको राजनीतिक रुपान्तरण र राज्यका हरेक संरचनामा महिलाहरुको ३३ प्रतिशतको राजनीतिक सुनिश्चितताकालागि उहाँले गरेको योगदान किन विर्सन्छन् ? उहाँले देशको सार्वभौकिताको रक्षा, नागरिकहरुको स्वतन्त्रताको सुनिश्चितता र देशमा शान्ति निर्माणमा खेलेको भुमिकालाई किन नजर अन्दाज गर्छन । आज उहाँ र त्यो सम्मानित संस्थाप्रति अपमानका शव्द खर्चिने अराजकहरुको भीडलाई आम नागरिकहरुको प्रश्न छ ? विद्या भण्डारीबाट पार्टी र मुलुकप्रसित गरिएको राजनीतिक त्याग र बलिदानका अगाडी जतिभए पनि तिमीहरु लिलिपुट नै सावित हुनेछौ । त्यसैले सक्छौ, उहाँको राजनीतिक बाटोको आत्मसात गर, नसके उहाँलाई गाली र अपमान गरेर तिम्रो राजनीतिक उचाई बनाउने दुश्प्रयास वन्द गर । उहाँलाई गाली गरेर तिमी केही समय आफनो इष्र्या र कुण्ठाहरुलाई शान्त त बनाउन सकौला, तर तिमी आम नागरिकहरुको नजरमा तल परिसकेका हुनेछौ ।
जव मान्छेमा विचार सकिन्छ, उसँग आलोचना बाहेक अरु केही बाँकी रहदैन । अहिले हाम्रो सम्मानित संस्था र व्यक्तिमाथि गर्न खोजिएको आलोचना पनि त्यसैको उपज हो ।
विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा खेलेको भुमिकाले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा इज्जत र प्रतिष्ठा बढेको कुरा उहाँलाई अपमान गर्न उद्धत अराजकहरुको भीडले बुझन जरुरी छ । उहाँले अन्र्तराष्ट्रिय क्षेत्रमा खेलेको भुमिकाकै कारण उहाँलाई विश्व प्रसिद्ध पत्रिका फोव्र्सले विश्वका शक्तिशाली महिलाहरुको सूचिमा ५२ औँ स्थानमा राखेको थियो । नेपालको राष्ट्रपतिकोरुपमा देश र विदेशमा उहाँले खेलको भुमिकाकै कारण उहाँलाई त्यो सम्मान मिलेको हो भन्ने कुरा उहाँलाई अपमानका शव्दहरु खर्चिनेहरुले बुझनु पर्दछ ।
देशको राष्ट्राध्यक्ष हुनुको नाताले देश जव जव संकटमा पर्छ, उहाँले आफनो अविभावकीय दायीत्व निर्वाह गर्नु भएको छ । चाहे त्यो नाकावन्दीको वेला होस वा भुकम्प वाढी पहिरो जस्तो संकटकालिन अवस्थामा उहाँले नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको छ । अहिले देश कोरोना महामारीमा छ, देशका प्रमुख राजनीतिक दलहरु सरकारमा पुग्न अनेक तानावाना वुनिरहेका छन । कोठे भेलादेखि अदालतका ढोकाहरु धाउने काममा उनीहरु लागि रहेका छन । तर हाम्रो राष्ट्रपतिले दुवै छीमेकीहरुसँग सम्वाद गरि नेपालको कोरोना संकटमा सहयोग गर्नु भएको छ । जसको कारण नेपालले चीनबाट १० लाख भ्याक्सीन प्राप्त गर्ने सुनिश्चित भएको छ । यसकालागि आम नागरिकहरुले राष्ट्रपतिज्युप्रति सम्मान व्यक्त गरेका छन । तर हरेक कुरामा अनेक तानावाना बुनेर राष्ट्रपतिको अपमान गर्ने अराजक यो कामको पनि आलोचना गर्न वेर लाउदैन । जव मान्छेमा विचार सकिन्छ, उसँग आलोचना बाहेक अरु केही बाँकी रहदैन । अहिले हाम्रो सम्मानित संस्था र व्यक्तिमाथि गर्न खोजिएको आलोचना पनि त्यसैको उपज हो । तर उहाँप्रति औला उठाउनेहरुले विर्सन नहुने तथ्य के हो भने कुकुर भुक्दै गर्छ, हाती हिडदै गर्छ, । विद्या भण्डारी नेपालको गौरव हुनुहुन्छ । हामी सवैको शान र अविभावक हुनुहुन्छ । आखिर राज्यको प्रधानमन्त्री बन्न फेरि सम्मानित संस्था र सम्माननीय राष्टपति भण्डारि नै चाहिने हैन र ?