बीरगञ्जमा मेडिकल कर्मचारीमाथि डिएसपीको लात्ती ! (भिडियो सहित)

बीरगञ्जमा मेडिकल कर्मचारीमाथि डिएसपीको लात्ती ! (भिडियो सहित)

  • बुधबार, जेष्ठ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 42.8K
    SHARES

पर्सा १२ जेठ । बीरगन्जमा मेडिकलका कर्मचारीलाई प्रहरीका डीएसपीले कुटेका छन् । बीरगन्जमा महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद केशी ‘प्रहरीको भिडियो किन खिचेको ? ’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् । भिडियो फुटेजमा प्रहरी कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ ।

मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको स्वास्थ्यकर्मी करण पटेलले बताए । ‘कुटेपछि उहाँले मोवाईल पनि लिएर जानुभएको छ’ पटेलले भने– ‘मोवाइल फिर्ता दिइएको छैन् ।’

मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएको एसपी बेलबहादुर पाण्डेले बताए । ‘हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो बनाएको हुनाले कुटपिट गरिएको हो’ एसपी पाण्डेले भने–‘अलि दिन अघिको घटना हो, हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो उनले बनाएका थिए ।’

डिएसपी कार्कीले कुटपिट गरेको कुरा पाण्डेले स्वीकारे । भने– ‘त्यसबेला प्रहरीलाई हातपात गर्ने चारजना थुनामा छन् ।’ एसपी पाण्डेले पुरानो घटना भने पनि पीडित पक्षले बुधवार बिहान १० बजेको घटना भएको बताएका छन् ।

प्याथो सर्जिकल हाउस बीरगन्जको पानी ट्यांकीमा छ । स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘आज बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’

https://youtu.be/CmAtOSZjg38

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी