निर्वस्त्र नयाँ

निर्वस्त्र नयाँ

  • सोमवार, जेष्ठ १०, २०७८
  • अग्निराज पौडेल ‘अराप’

  • 12.6K
    SHARES

झुठा बाचाका चाँङमाथि बसेर
लगौटी सम्हाल्न नसके पनि
पुराण वाचन गरिरहन्छ
आफ्नै महानताको ।
सुन्न चाहान्छ मात्र गुणगान
सुन्नदैन हरूवा, चरुवा, गोठाला
किसान र दुखी गरिबका पिडा !

ठूलाठूला जमघटमा ठूलै डिङ हाक्छ
आँपको बोटमा सुन्तला फलाउछ
किन्नु पर्दैन दूध तेल
धाराबाटै निःशुल्क पठाउछ ।
लुगा खोलेर आफैलाई पुरै नङ्ग्याउछ
लगौँटीसमेत नलगाइँ
सुन्दर पहिरनको व्याख्या गर्छ ।

शरिर ढाक्न सुझाव दिन्छ जस्ले
विभिन्न आरोप लगाउछ
थुन्छ, छेक्छ सकेकालाई मार्छ
सराप्छ, तथानाम गाली गर्छ
नाङ्गा खुट्टा, भोको पेट
गरिबको पीडा र चित्कार
रगतको आहाल देखेर खुसी हुन्छ ।
धारेहात लगाउछ दझिण तिर
राष्ट्रवादको नौटङ्की देखाउदै
लम्पसार पर्छ उसैको पाउमा ।

अघि पछि लागेका
धुपौरे र भजन मण्डली
आगोमा तेल खन्याएर
थपडी बजाउछन
देवत्वकरण गर्दै तारिफ गरिदिन्छन
हुक्के, चिलिमे, नातागोता
जुठो, पुरो चाट्न बानिपरेका
नन्दीभृङ्गी, दासहरूको झुण्ड ।

जनप्रतिनिधि हो या
रगतको आहालबाट उदाएको शाशक
सत्ता उम्मादले मातेको क्रुर तानाशाहा हो या
रोगले च्यापेर थलिएको रक्तपिपासु
सचेत मानव त हुनै सक्दैन
गिदी बन्धकी राखेको बुख्याचा हो या
कसैको ईसारामा हिड्ने यन्त्र मानव ।

बिरोधि तिर औला तेर्साउछ
सिन्को सम्म नभाँचेर
धेरै गरेको हुईया लगाउछ
निर्वस्त्र हिड्छ मैमत्त साडे
अझ हौसिदै !
अट्टहास हाँसोका साथ
ठूला ठूला डिङ हाँकीरहन्छ
एउटा सन्की नयाँ राजा !
सुन्दर पहिरन भिरेको भ्रममा
एउटा नाङ्गो बाद्शाहा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी