रोईरहेछ मेरो देश

रोईरहेछ मेरो देश

  • शनिबार, जेष्ठ ८, २०७८
  • कबिता ढकाल ढुङेल

  • 25.5K
    SHARES

तड्पिन्छ मुटु, भक्कानिन्छ

मन,खट्पटिन्छ आत्मा !

लौ न कोही त बचाई देउ

यो मेरो देश डुब्न् लागि सक्यो !
महामारि ले ग्रस्त पारि सक्यो ,
भोकमरि ले त्यसै माथि पिडा थुपारि सक्यो।
टोलाउछन नयन , निस्कपट छ गगन

तर मन्छे किन यति बैमान !
बैमानि कपटिको पासोमा परि

झ्याम्म लडेर लम्पसार परि

रोइ रहेछ मेरो देश।।
बैमानि र भ्रष्टाचारले गर्दा नै होला

सायद यो देसले रुनु परेको !
यतिका कर्मठ दाजुभाइ हरु बिदेशी भुमिमा जाकिनु परेको।।
हजारौं चेलीबेटी हरु को सिउदो पुछिएको !
लाखौं बालक हरु बाबा आमाको बिछोड्मा तड्पिनु परेको ।।
कृषिप्रधान भनि सन्सारमा चिनिएको यो मेरो देश !
यहि देशका कर्मठ हातहरु जान्छन् किन हो बिदेश ।।
भोक मेटाउन र सन्तान पाल्ने आसामा नै जान्छन् !

यहाँ रहेका हरु ले त दुस्ख गरेर ढिडो रोटी नै खान्छन् ।।
जता हेर्यो त्यहि रुवाबासि छ कठै यो मेरो देशमा !
गरिबीको पीडामा खटिएका लाखौ निमुखा जनतामा।।
थुप्रै सपना बोकि जाने गर्दछन बिदेश उडेर आकाशमा !
बिदेशी को पिडा खट्न नसकि कत्ति आउछन् प्याक भैइ बाकसमा ।।

कठै कति अभागि रहेछ प्राण भन्दा प्यारो यो मेरो देश !

कति कठोर छन् यहाँका नेता जन्मिन सकेनन् कोहि बेस।।
विभिन्न खानि छन् रे यहि मेरो सुन्दर देशमा !
अनगिन्ती खोला नदि बेचिएका छन् यहि मेरो देशमा।।
जनता मर्दछन साठि डिग्रीको बिदेशी भुमिमा पाकेर !
नेता उफ्रिन्छन एउटै कुर्सिमा बुर्कुसी मारेर।।

साच्चै हो कठै मेरो देस धन्य छ नेता तिमीहरुलाई !
प्राकृतिक जडिबुटी को धनि देशमा जनता मर्दछनऔषधि र अक्सिजन नपाई ।।
खडेरीमा पानी नपाई खरिएर चौतर्फी सुक्दै छ यहि मेरो देश !
जब बाढि चल्न थाल्छ अनि चुर्लुम्म डुबानमा पर्छ मेरो देश ।।
निर्लज्ज र लाचारी नेता जन्मेको यहि नै हो मेरो देश !
ब्यभिचारी र अत्यचारीहरुले मस्ति गरि खाने नै हो मेरो देश ।।

लेखक: कबिता ढकाल ढुङेल
झापा, कोशी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी