युवाले थालनी गरेको “मेरो सहयोग” अभियानले अक्सिजन कन्सन्ट्रेटर सहयोग

युवाले थालनी गरेको “मेरो सहयोग” अभियानले अक्सिजन कन्सन्ट्रेटर सहयोग

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • डम्मर राज भट्ट

  • 20.3K
    SHARES

कञ्चनपुर ७ जेठ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस बाट नागरिकले दिनप्रतिदिन ज्यान गुमाउँदै गरेको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै युवाले थालनी गरेको ूमेरो सहयोगू अभियान बाट संकलन भएको आर्थिक रकमबाट अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
कोरोना भाईरस कोभिड १९ को दोस्रो भेरेन्टी तिब्र गतिमा फैलिरहेको समयमा आफ्नो तर्फबाट कोभिड संक्रमणलाई रोकथाम तथा न्युनिकरणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ एक हप्ता अघि मात्र बेलडाँडीमा थालनी गरिएको “मेरो सहयोग” अभियानले बेलडाँडीमा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
अभियानले आज शुक्रबार बेलडाँडी गाउँपालिका वडा नम्बर९ २ मा सञ्चालनमा रहेको कोभिड आईसोलेसनमा एक कार्यक्रमका विच अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरी अभियानले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी र रौतेली विचुवा स्वास्थ्य चौकी झिलमिलालाई १र १ थान अक्सिजन कन्सन्ट्रेटर संगै ५ थान अक्सिडोमिटर, कोभिड प्रभावितलाई मास्क सेनिटाईजर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको अभियानका एक अभियन्ता सचिन कठायतले जानकारी दिनु भएको छ।
उनले भने ”अहिले हामिले चालेको आर्थिक सहयोग अभियानबाट संकलित रकमले २ लाख मुल्य बराबर रहेको यि समाग्री सहयोग गरीएको र ” साथै उनले भने ‘आगामि दिनमा समेत स्वास्थ्य सामाग्री सहयोग गर्ने र अक्सीजन सिलेन्डर सहित अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने आगामी दिनको योजना रहेको छ।
अभियान चालेको एक हप्तामै दाताहरुले उलेख्य रुपमा सहयोग गरेको हुँदा अहिले सम्म ३ लाख बराबर आर्थिक संकलन भएको छ । यसरी संकलित रकमको सम्पुर्ण आय व्ययको बारे आउदो सोमबार सम्म पारदर्शी रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको अभियान्ता एक युवाले बताएका छन् ।
अभियानबाट कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सहयोगबाट संकलित रकम तथा अन्य सामाग्रीलाई बेलडाँडीका जनता बचाँउन आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा खर्च गरीने अभियानका अभियन्ताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी