मेडिकल साईन्सलाई नै चूनौती दिने पोलिटिकल साईन्समा नेताको भूमिका ?

मेडिकल साईन्सलाई नै चूनौती दिने पोलिटिकल साईन्समा नेताको भूमिका ?

  • बुधबार, जेष्ठ ५, २०७८
  • -पुजा फुयाल

  • 13.2K
    SHARES

हामी एक अल्प विकसीत राष्ट्र संगै बेथितीको राज्य संयन्त्र संगै जुन जोगी आएपनी कानै चिरेको नेतृत्व भएका राष्ट्रका नागरिक हौ । हामी हरेक कुराहरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिडनु पर्ने अवस्था छ। हाम्रो देशको दक्ष जनशक्ति प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारीक र अनौठा कामहरू गरी सक्दा हामीले विभिन्न आपत विपद र हर समस्याहरुमा अरू संग आश्रीत हुनु पर्दछ जस्तै अहिले यस्तो कोरोनाको माहामारी संग जुध्नको लागी कुनै तयारी देखिदैन राज्य स्तरबाट कुनै रिसर्च छैन संभावना अध्यायन छैन जोखिमको मुल्याङकन छैन न्यूनीकरण को प्रयास अनेकौ देखीए सुनीए पनी उपलब्धि मूलक छैन हर समस्यालाई बाहाना बनाउदै पैसा कमाउने खेलमा तल्लिन सम्म्बन्धित निकाएका पदीय जिम्मेवारी बोकेका व्यक्तीहरू अब अध्यायन अनुसन्धानमा समय किन खर्च गर्नु ! अरूले बनाएको सामान खरिद गर्ने सिधै बिना झन्झट कमिसन आउछ भने आखीर यो र यस्तै सस्कारले न त पुराना पुस्ताहरू परिवर्तनको जिम्मेवार भए, न अब यही तरीकाले नयाँ पुस्ता बन्ने छौ आखीर यो सबै कुराको जिम्मा कस्ले लिने यती बर्ष जेल खाए यो आन्दोलन गरे हात भाचियो खुट्टा भाचीयो भन्ने बाहानामा राज्य लाई लुट्ने नेतृत्व चएन भएको हैन देश र जनताको लागी भलो हुने काम सहीत परिवर्तनको आशा राखेर नेतृत्व चएन भएको हो आज विश्व जगत आविष्कार र हर कुराको अनुसन्धान र वैज्ञानिक पद्दती अपनाउदै गर्दा हामी हाम्रा जनशक्ति बाहीर पठाउदै छौ आजकै दिनमा पनी बाहिर रहेका दक्ष जनशक्ती नेपाल आउनको लागी सुरक्षीत र क्षमता अनुसारको काम र सुविधा दिने हो भने नेपाली तन र मनले नै नेपाल बनाउने छन यसको लागी राज्यले किन कहिल्यै सोचेन? जहीले जातिए भेदभाव ,भष्टाचार ,अनियमितता, पदको दुरूपयोग ,चोरी,हत्या,बलत्कार घटनाका न्यूजहरू सुन्दै दिनहरू विताउनु पर्दैछ यही तरीकाले हरेर व्यक्तीको सोचमा के प्रभाव पर्ला आखीर हामीले कहीलेबाट परिवर्तनका आविस्कारका बैज्ञानीक अनुसन्धानका आधुनीकीकरण अनी सकारात्मक सोचका कुराहरू सुन्न पाईएला जुन कुराले हरेक व्यक्तीमा आत्मबल बढोस त्यसैले सम्बन्धित निकाए र मेरा अग्रजहरूलाई मेरो अनुरोध हामीलाई सकारात्मक सोचको विकास गराईदिनु हो ताकी हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर निर्माण गर्न सकौ ।

हाम्रो देश परिवर्तनको जिम्मा हर कोही नागरीक र पार्टीहरूलाई बराबर छ त्यसैले देश बिकासको लागी कुनै पार्टी न भनौ कुनै व्यक्ती न भनौ पहीला देश बनाउ अनी अरू सोचौला व्यक्ती व्यक्ती सचेत र परिवर्तन नभए सम्म देश परिवर्तन हुदैन! यस्तो अवस्थामा पनि हाम्रो देश हामिले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरु राजनिती खिचातानी र पदीयमोह संगै भ्रष्टाचार मै व्यस्त भएको देखिन्छ। पद, पावर,पैसा समेत खर्च गरेर संबेदनसिल अवस्थामा पासको दुरुपयोग स्वास्थ्य सामग्री अभाव एम्बुलेन्सको प्रयोग तस्करी हुनु। मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यहि नै हो। कुहिएको एकबोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नु को पिडा! समस्या संग लड्नु नै जित हो तर हरेक कुराको असर हामीले पुर्व अनुमान र मुल्यांकन गर्न जरुरी छ। मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोणमा कहिले फरक पाउने हामिले ? हाम्रो समाज कतातिर जादैछ? आत्मबल बढाएर आत्मविश्वास दिलाएर नागरिकलाई सचेत बनाएर समुदायलाई जोखिम मुक्त गराएर कोरोनासग लडन सक्ने शक्ति प्रदान गर्नुको सट्टा मान्छेहरुबाट नै अपमानित, तिरस्कृत र घृणित बनाउदै बिरामिहरुलाई झन बिरामी बनाइदै छ! कोरोना लाग्दैमा केही गर्नुहुन्न भन्ने मानसिकता हटाएर यो परिस्थितिमा साथ- सहयोग गर्दै sanitizer र mask को प्रयोग गरौ! अनावश्यक कुराहरु को प्रचार गर्दै नहिडौ घरमा बसौ सुरक्षित रऔँ ।

#staysafestayhome #Coronavirus

-सोलुखुम्बु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी