मान बहादुर तामाङको ‘अन्तिम सन्देश’ (भिडियो सहित )

मान बहादुर तामाङको ‘अन्तिम सन्देश’ (भिडियो सहित )

  • मङ्लबार, जेष्ठ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

कलाकार मान बहादुर तामाङले ‘अन्तिम सन्देश’ नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा कोरोना संक्रमण त्यसले पारेका केही पारिवारीक असर र दुखः पीडालाई समेटिएको छ । यो गीतको स्वर मान बहादुर तामाङ र लक्ष्मी स्यागंतानले दिएका छन् ।
लय मान बहादुर तामाङकै रहेको छ भने शब्द अशोक कुमार सापकोटा, पवित्रा काफ्ले, सिम्रन मोक्तान, देवकी अभिलाषी, सुफिक्स मदन, मान बहादुर तामाङ र सावित्री श्रेष्ठको रहेको छ ।

दु:खमा मात्र होइन सुखमा पनि आमालाई माया गर्नुपर्छ भन्ने सन्देश यो गीतले बोकेको छ । अहिले कोभिड-१९ को विषम परिस्थितिलाई समेटेर सन्चो छैन मलाई बोलको गीत ल्याएको गायक तामाङले बताए ।

पाखुरीमा बल हुन्जेल
गोजीमा दाम रहुन्जेल
बिर्से आमा तिमीलाई
सासै फेर्न गारो भो
अहिले ज्यान प्यारो भो
सम्झे आमा तिम्लाई…

आमाको मुख हेर्ने दिनको अवसर पारेर यो गीत सार्वजनिक गरिएको थियो । छोटो समयमा नै सांगितिक क्षेत्रमा आफुलाई परिचित गराउन सफल तामाङ एक सफल युवा व्यावसायी समेत हुन् ।

भिडियो हेर्नुस् :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी