वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार सुवेदीको निधन

  • सोमवार, जेष्ठ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
विसं। २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी