दुई फरक फरक राजनीतिक विचार र शक्ति बोकेका नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुमा कुन कुन नेताहरुका के के अदृष्य स्वार्थ थिए भन्ने कुरा नेपाली राजनीतिका कखरा जान्ने र बुझनेहरुलाई राम्ररी थाहा भैसकेको छ । केपी शर्मा ओलीको तत्कालिन समयको प्रतिकुल स्वास्थ्यस्थितिबाट आफुले चाहेको पदीय फाईदा लिन सकिन्छ की भन्ने आंकलन सहित गरिएको यो एकता केपी शर्मा ओलीको दोश्रो पटकको सफल मृगौला प्रत्यारोपणपछि नेकपा भित्रको विवाद निकै चुलिएको थियो । त्यसपछि कहिले बहुमत र अल्पमतका नाममा, कहिले विधि र प्रक्रियाका नाममा केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने आन्तरीक कसरतहरु गरिए । विभिन्न ठाउँमा सयौँ गुटगत बैठकहरु गरिए । विरोधीहरुले एक आफसमा आफना आफना कोटका खल्तीबाट कसैले राष्ट्रपति, कसैले प्रधानमन्त्री र कसैले पार्टी अध्यक्षको पदीय भागवण्डा लगाए । तर कसैको केही लागेन, यी प्रसङहरु यहाँ उल्लेख गरिरहन आवश्यक त थिएन तर तत्कालिन नेकपाभित्रको आन्तरीक समीकरण हेर्दा विश्लेषकहरुले समेत केपी शर्मा ओलीले केही न केही त छोडनु हुन्छ होला भन्ने अनुमानलाई समेत हावा खुवाएर विजय प्राप्त गर्नुभयो । यसवाट पनि केपी ओली अलग धातुले बनेको कम्युनिष्ट नेता हो र नेपाली राजनीतिको अपराजित हिरो हो भन्ने कुरा प्रमाणित भैसकेको बिषय हो ।

लेखक: सविता खड्का (सानुमैँया)
सरकार काम गरिरहेको थियो, तर आफनैहरु सरकारलाई काम गर्न दिइरहेका थिएनन् । केपी शर्मा ओलीसँग पार्टीभित्रका असल कार्यकर्ताहरु थिए, देशव्यापीरुपमा उहाँप्रति ठुलो जनसमर्थन थियो । तर केही जनआधार कमजोर बनेका नेताहरु उहाँलाई टाउको जोडेर बहुमतको दभ्भ दिइरहेका हुन्थे । यस्तो अवस्थामा प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिनिधि सभा विगठन गर्नुको कुनै विकल्प थिएन । उहाँले प्रतिनिधि सभा विगठन गरेर ताजा जनादेशको घोषणा गर्नुभयो । तर उहाँका विरोधीहरुले यसलाई प्रतिगमन भने । देशभरी भए भरको स्रोत साधनको परिचालन गरेर ठुल ठुला रयाली र सभाहरु भए । ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउने चेतावनीका भाषाहरु बोले । दुवै पक्षबाट देशभर गरिएका आमसभा र कार्यकर्ताहरुको परिचालनबाट बलेको आगो त्यतिवेला निभ्यो । जतिवेला सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गरयो । त्यतिवेला प्रतिनिधि सभाको पुर्नस्थापना केपी शर्मा ओलीको हार हो भनेर लड्डु समेत खाए, । देशभरी उहाँका विरोधीहरुले अविर जात्रा पनि गरे । तर त्यो काल्पनिक जीतबाट रमाएका उहाँका विरोधीहरुको उमङग र लड्डुको स्वाद त्यतिवेला पानीको फोकाजस्तै गरेर फुटयो, जतिवेला सर्वोच्च अदालतले नेकपा एकीकरणको बैधानिकतामाथि प्रश्न उठाउदै नेकपा एमाले र माओवादी केन्द्रलाई आफनै आफनै अस्थित्वमा फर्काईदियो । राजनीतिको यो गोल चक्करमा लड्ड खादै केपी शर्मा ओलीलाई पराजित गर्न सफल भयौ भनेर दिवा स्वप्ना देख्नेहरुलाई त्यतिवेला पनि केपी शर्मा ओलीले नराम्ररी पछारी दिनु भयो । यसबाट पनि केपी शर्मा ओली नेपाली राजनीतिको अपराजित हिरोको रुपमा नेपाली जनमानसमा र आम कार्यकर्ताहरुकोवीचमा सावित हुनु भएको छ ।
कहिले बहुमत र अल्पमतका नाममा, कहिले विधि र प्रक्रियाका नाममा केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने आन्तरीक कसरतहरु गरिए । विभिन्न ठाउँमा सयौँ गुटगत बैठकहरु गरिए । विरोधीहरुले एक आफसमा आफना आफना कोटका खल्तीबाट कसैले राष्ट्रपति, कसैले प्रधानमन्त्री र कसैले पार्टी अध्यक्षको पदीय भागवण्डा लगाए । तर कसैको केही लागेन
प्रतिनिधि सभाको पुर्नस्थापनापछि अब त केपी शर्मा ओलीलाई सत्तावाट वर्हिगमन गर्न सकिएला भन्नेहरुले उहाँका विरुद्ध कहिलेपनि अविश्वासको प्रस्ताव राख्ने आँट गर्न सकेनन । स्वय प्रधानमन्त्रीले मलाई हटाउनकालागि सरकारलाई दिएको प्रस्ताव फिर्ता लैजाउ, मेरो विरुद्ध अविस्वासको प्रस्ताव राख भनेर सार्वजानिक एैलान गर्दा पनि उहाँका विरोधीहरुले त्यो आँट गर्न सकेनन । तर जव उहाँ आफैले प्रतिनिधि सभावाट विश्वासको मत लिने घोषणा गर्नुभयो र सवै दल र नेताहरु एकातिर हुँदा पनि ९३ जना सांसदको समर्थन लिन सक्नुभयो । त्यसपछि संवैधानिक प्रावधान अनुरुप विपक्षी दलहरुलाई सरकार बनाउन दिइएको अवसरमा पनि सरकार वनाउन नसकेपछि, प्रधानमन्त्री रहरले बन्ने बिषय होइन रहेछ भन्ने कुरा उहाँका विरोधी र विपक्षी दलहरुले पनि राम्ररी बुझेको आभाष सवै नेपालीलाई भएको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गर्ने लाखौ दुष्प्रयासहरुलाई पराजित गर्दै केपी शर्मा ओली अहिले सविधानको धारा ७६(३) अन्र्तगत प्रधानमन्त्री बन्नु भएको छ । जसवाट पनि उहाँ नेपाली राजनीतिको अपराजित नेता बन्न सक्नु भएको छ । अव आउने एक महिने समयमा धारा ७६(५) का कुरा उठन सक्छन । हामी आशावादी छौ, यी धाराका खेलहरुले पनि उहाँलाई नेपाली राजनीतिको एक अपराजित नेताकैरुपमा स्थापित गर्नेछ ।
हिजो कसका के स्वार्थहरु थिए, त्यो आफना ठाउँमा समीक्षाको बिषय होला, तर केपी शर्मा ओली देखाउदै माधव नेपालको ढाडमा टेकेर नेकपा एमाले विभाजित गर्ने प्रचण्डको रणनीतिहरु अहिले केपी शर्मा ओलीको राजनीतिक दक्षताका अगाडी धुलोपीठो भएका छन । यतिवेला नेकपा एमालेका आम नेता कार्यकर्ताहरु सिङगो र सङग्लो एमालेको पक्षमा छन ।
यतिवेला उहाँलाई धारेहात लगाएर सत्तोसराप गर्नेहरु आफनो राजनीतिक अस्तित्वको लागी उहाँकै शरण परिरहेका छन । सत्ताको स्वार्थकालागि उहाँप्रति गरिएका प्रहारहरु अहिले उहाँका विराधीहरुतर्फ नै फर्किएका छन । गल्तीहरु हुन्छन, तर त्यसको पनि सीमा हुन्थ्यो ।
केपी ओलीलाई साधारण सदस्यवाट निकाल्ने दुष्प्रयास स्वय केपी शर्मा ओलीकै शव्दमा किर्नाले भैसी खाएजस्तो मात्रै थियो । यतिवेला हिजो कसका के स्वार्थहरु थिए, त्यो आफना ठाउँमा समीक्षाको बिषय होला, तर केपी शर्मा ओली देखाउदै माधव नेपालको ढाडमा टेकेर नेकपा एमाले विभाजित गर्ने प्रचण्डको रणनीतिहरु अहिले केपी शर्मा ओलीको राजनीतिक दक्षताका अगाडी धुलोपीठो भएका छन । यतिवेला नेकपा एमालेका आम नेता कार्यकर्ताहरु सिङगो र सङग्लो एमालेको पक्षमा छन । यसकालागि १० सदस्यीय कार्यदल पनि बनिसकेको छ । आशा गरौँ, यो राजनीतिक काममा केपी शर्मा ओली नेपाली राजनीतिको एक कुशल र अपराजित हिरो नै बन्नु हुनेछ ।