प्रचण्ड महोद्धय,  बृहत कम्युनिष्ट एकता आजको आवस्यकता हो

प्रचण्ड महोद्धय,  बृहत कम्युनिष्ट एकता आजको आवस्यकता हो

  • आइतवार, जेष्ठ २, २०७८
  • -तुफान सिंह कालिकोटे

  • 14.5K
    SHARES

महोदय प्रचण्ड ज्यु,पार्टी फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन । बिगतमा तपाईबाट कमजोरी भएकै हो यो तपाईंले महसुस गर्नैपर्छ । जो सपना अमुल परिबर्तन पछि नेपाली जनताले पाउने सुख र बिकासको एउटा एजेन्डा सहित राज्य र बिद्रोहीहरु बाट १७ हजार नेपाली आमाका सन्तानहरुले बिर्गती प्राप्त गर्नु भयो त्यो के का लागि थियोे भन्दा त तपाई लगाएत केही नेतृत्वलाई केबल सत्तामा पुराउन मात्रै थियो त ? बिल्कुल थिएन यो पिछडिएका गरीब दलित जनजाती निमुखाहरुको मुक्तिको खातिर गरिएको एउटा त्याग थियो ।
तर यहाँ तपाईहरुबाट नेपाली जनतालाई धोका भयो भन्दै एउटै मोर्चामा सहकार्य गर्दै आएका तपाईकै सहयोद्दा कामरेड किरण ,बिप्लव,बादल,प्रकाण्ड लगायतका थुप्रै नेताहरु अलग हुनु भयो यो जिम्मेवारी तपाईंलेनै लिनु पर्थ्यो किन् कि तपाईं एउटा
नेतृत्व हुनुको नाताले पार्टी भित्र देखिएको २ लाईन संघर्ष तीब्रहुँदै थियोे त्यहाँ नीर पार्टीभित्र तपाईंले नेतृत्वहरुलाई मिलाउन नसक्नु यो बडो बिडम्वाना थियो । दुनियाँकै राजनीति ईतिहास हेर्ने हो भने पनि विभिन्न पार्टीहरुमा पार्टी भित्रनै चर्को बहस र संघर्ष हुने गर्छ जो हाम्रो पार्टी भित्रपनि थियोे जहाँ बहस हुन्छ त्यहाँ निष्कर्ष पनि निस्किन्छ ।
एउटा नेतृत्व लेबलको मान्छेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सक्दैन भने त्यो अक्षम नेतृत्व हो भन्ने पुष्टी हुन्छ आजको दिनमा प्रचण्डको अहमताबाद्ले राम्रोसँग नेपाली राजनीतिमा भद्दा मजाक गर्‍यो हो जहाँ एकता हुन्छ त्यहाँ बिजय निश्चित हुन्छ आज आएर प्रचण्ड आफैले पनि त्यो महसुस गर्नु भएको छ ।

बिगतमा कहाँ नीर कस्को समस्या रर्यो भन्ने कुरामा सबैले आम्तदेखिनै महसुस गर्नु पर्छ या आत्मसात् गर्दै पुर्ब माओवादीहरुलाई बृहत कम्युनिस्ट धुर्बिकरण गर्दै एक जुटनहुन आवान गर्नु पर्छ फेरि बिगतका झै गल्ती नेपाली जनतालाई हुने छैन भन्दै प्रतिबद्धता जारी गर्दै संसदिय सत्ताको विकल्पलाई खुज्नु पर्छ कथित संसदिय राजनीति भनेकै फोहोरी खेल हो यो ईतिहासले पुष्टी गरि सकेको छ ।

आजको दिनमा नेपाली राजनीतिमा जो जति मुख्य पोस्टमा पुग्यो उनीहरुले नेपाली जनतालाई धोका र गद्दार गर्दै गएका छन । अबको नेतृत्व गर्नेहरुबाट नेपाली जनतालाई कुनै धोका जालझेल हुनु हुदैन त्यो ब्यबस्था यो संसदिय ब्यबस्थाबाट पूरा हुनै सक्दैन तेसको लागि बैकल्पिक ब्यबस्थामा जान पर्छ जो एक मात्रै ब्यबस्था बैज्ञानिक समाजबाद हो एसको लागि प्रचण्ड लगाएत जो आफुलाई कम्युनिस्ट भनिरहेका शक्तिहरु आजको दिनमा एक हुन अनिवार्य आबसेक छ नत्र फेरि पनि कथित कम्युनिस्ट एमालेले देशलाई अमेरिकाको जिम्मा चाडै दिदै छ।

प्रचण्ड ज्यु राम्रोसँग थाहा भयो होला विगत एक दशकबाट संसदिय राजनीतिक को स्वादको बेफाइदा देश बनाउनलाई फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को विकल्प छैन भन्ने कुरा नेकपा एमालेबाट सिक्न जरुरी छ प्रचण्ड ज्यु तपाई आज लाचार बन्नु भएको छ हामीलाई बडो दुखलाग्छ । यो अबस्था हुनुमा तपाईकै कमजोरी देखिन्छ किन कि पहिलो कुरा आफ्नो घर बलियो बनाउ अनि मात्रै केही गर्न सकिन्छ होइन भने अब तपाईंको हैसियतलाई राम्रोसँग नाङ्गो पारिदिएका छ्न् । तत्कालीन प्रधानमन्त्री केपि ओलि ले संसद मा बिश्वासको मत मा उनी प्राजय भए पनि फेरि जित उनकै भएको छ ।
नराम्ररी तपाईं लाई पछारेका छन् हो एहि हो खसीको टाउको राखेर कुकुरको मासु बेच्ने कथित संसदिय राजनीति ब्यबस्था तपाईं लाई नै प्रयोगमा ल्यायर तपाईकै सहयोद्धा कामरेड बिप्लवलाई प्रतिबन्धित गर्न उस्काउने पनि तिनी केपि नै हुन भाइ भाइ लडाइँ गरायर आज आफू सत्ताको मालिक भएका छ्न तर तपाईलाई ई कुरामा कुनै चासो छैन आम नेताकार्यकर्ता जहाँ सम्म चाहन्छ पुर्ब माओवादीहरु एक हुनु राम्रो कुरा हो फुटि सकेपनी केही बिग्रेको छैन नमिलेको कुराहरूमा छलफलबाट निस्क्रस गर्न सक्नु पर्थ्यो र यो नेतृत्वको जिम्मेवारी पनि त हो
आजको आबस्यक्ता भनेको बृहत कम्युनिस्टहरुको एकता हो यो सम्भावना छ जुटौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी