सेतो व्यवसायमा कालो धन्दा: महामारीको मौका छोपी डेरीमा मदिराको कारोबार !

सेतो व्यवसायमा कालो धन्दा: महामारीको मौका छोपी डेरीमा मदिराको कारोबार !

  • आइतवार, जेष्ठ २, २०७८
  • डम्मर राज भट्ट

  • 15.1K
    SHARES

कञ्चनपुर, २ जेष्ठ । कोरोना महामारीले नागरिकलाई कसरी बाँच्ने चिन्ता छ, कोरोना चेन तोड्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । उस्तैपनि दुध तथा दुधजन्य पदार्थ बिक्रिका लागि खोलिएका डेरीमा मदिरा बिक्रि वितरण गर्न पाईदैन । डेरी र मदिराका पसल आकास पाताल फरक हुन तर, कञ्चनपुरका केही डेरीका संचालकहरुले डेरी बाहेक अन्य समाग्री यतिसम्मकी मदिराको कारोबार गरिरहेको पाईन्छ ।
भीमदत्त नगरपालिका ६ऐठपुरको एक डेरीबाट प्रहरीले ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । ऐठपुरको विष्टडेरीबाट प्रहरीले विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले डेरीबाट बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालयमा बुझाईएको छ । कर्णाली, डिलक्स, डाईमण्ड, रंगोल, स्टोङ्गबियर, अर्ना बियर, ८८४८लगायतको मदिरा बरामद गरेको छ । महामारीका बेला डेरी व्यवसायी कालोबजारीमा जुटेका छन । सेतो कारोबारमा कालोधन्दा संचालन गर्नेमाथि कार्बाही गर्न स्थानीयले माग अघि सारेका छन । प्रहरीले कालोबजारी गर्नेमाथि डण्डा बजाउने चेतावनी दिएको छ । महामारीका बेला गैर कानुनी काम नगर्न समेत हात जोडेर आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी