बिपक्षी दलहरुले बहुमतको सरकारका लागि राति ९ बजे सम्म दाबी नगरे ओली पुनः प्रधानमन्त्री बन्ने

बिपक्षी दलहरुले बहुमतको सरकारका लागि राति ९ बजे सम्म दाबी नगरे ओली पुनः प्रधानमन्त्री बन्ने

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख ३० काठमाण्डौं । बैशाख २७ मा प्रधानमन्त्री ओलीले विस्वासको मत नपाए पछि स्वतः पदमुक्त भए पछि राष्ट्रपतिले दलहरुलाई तीन दिनको समय दिएर सरकार गठनको आव्हान गरेको समय सीमा आज राति ९ बजे पछि सकिदैछ ।
यस बीचमा काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले छलफल जारी राखे पनि अहिले सम्म प्रधानमन्त्रीका लागि तयारी गरिसकेका छैनन् ।
काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन काँग्रेस र माओवादी सहमत भए पनि जसपाले अन्तिम निर्णय लिन ढिलाई गर्दा दाबी नपरेको हो ।
जसपा आन्तरीक छलफलमै रहेको छ । जसपा भित्रको एउटा हिस्सा मात्र आउने स्थितिमा एमाले भित्र माधव समुहका सांसदहरुको राजीनामा या फ्लोर क्रस जरुरी छ । त्यो अभ्यास पनि चलिरहेकाले अहिले यसै भन्न सकिने संभावना छैन ।
यदी राति ९ बजे भित्र दलहरुले बहुमतको सरकारका लागि दाबी गर्न नसकेका सबै भन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने संभावना छ । संविधानको धारा ७६ ३ अन्तर्गत बहुमत नजुटेमा सबै भन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने र उनले पनि विस्वासको मत ३० दिन भित्र लिनु पर्ने व्यवस्था अनुसार पुनः ओली प्रधानमन्त्री हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी