साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

  • बुधबार, बैशाख २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २९ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक गरिएको छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच आमाको मुख हेर्ने औँसी अर्थात् मातृ सम्मान दिवसको अवसर पारेर साहित्य वाटिका नेपालले जुम प्रविधिबाट मङ्गलबार आयोजना गरेको कार्यक्रममा लेखककी आमा ८२ वर्षीया इन्दिरा ज्ञवालीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा प्रा डा बद्रीविशाल भट्टराईले केही सर्गलाई बढाएर र केहीलाई छुट्याएर खण्डकाव्यलाई अझ परिस्कृत गर्न सकिने सुझाव दिनुभयो । ‘आमा’माथि समीक्षात्मक मन्तव्य राख्दै डा शान्तिमाया गिरीले जन्मदाता र जन्मभूमिप्रतिको सम्मानभाव खण्डकाव्यमा प्रकट गरिएको बताउनुभयो । जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने रामायणको वाक्यलाई खण्डकाव्यले पछ्याएको उहाँले बताउनुभयो ।

मातृ सम्मान दिवसको अवसर पारेर सार्वजनिक गरिएको आमा खण्डकाव्यका विषयमा समीक्षा गर्दै साहित्यकार सीता भट्टराईले आमालाई जन्मभूमिसँग तुलना गरिएको, सृष्टिकर्ता र त्यागको प्रतिमूर्तिका रुपमा आमालाई खण्डकाव्यमा वर्णन गरिएको बताउनुभयो । खण्डकाव्यका लेखक कवि ज्ञवालीले नयाँ भेरियन्टसहितको कोरोनाका कारण निषेधाज्ञा जारी रहे ‘बा’ खण्डकाव्य पनि तयार पार्ने प्रतिबद्धता जनाउनुभयो ।

धर्तीका सबै माताका विषयमा खण्डकाव्यमा उल्लेख गरिएको छ । पाँचौँ सर्गमा आफ्नी आमाको विषयमा कविले चर्चा गर्नुभएको छ । कार्यक्रममा सह प्राध्यापक प्रभा भट्टराई, कवि अमर रोका, प्रकाशक केशव अधिकारी, कवि बलराम दाहाल, कवयित्री भैरवी भूगोल ढुङ्गानालगायतले खण्डकाव्यका विषयमा मन्तव्य राख्दै कवितासमेत वाचन गर्नुभएको थियो ।

लेखकका हालसम्म २० कृति बजारमा आइसकेको छ । यो २१ औँ कृति भएको कार्यक्रममा जानकारी गराइएको थियो । पुस्तकमा ७२ पृष्ठ, आठ सर्ग, मूल्य रु २१२ रहेको छ । पाठ्यपुस्तक, सम्पादित कृति र फुटकर रचना पनि लेखकका प्रकाशित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी