एसईई र कक्षा १२ को परीक्षा ,कहिले हुन्छ अब परिक्षा ?

एसईई र कक्षा १२ को परीक्षा ,कहिले हुन्छ अब परिक्षा ?

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

बैशाख २७ काठमाडौँ । यस वर्ष पनि कोरोनोको लहर तीव्र भएर शैक्षिक संस्था बन्द भए पछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अब अर्को परीक्षाको रुटिन कहिले आउछ भन्ने एकीन छैन । तर अर्को सूचना नभए सम्मका लागि परिक्षा भने स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
यस पटक एसईईमा ५ लाख १७ हजार विद्यार्थी सहभागी हुँदै थिए भने कक्षा १२ मा ४ लाख बढी विद्यार्थी थिए । यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी