ब्रिटिश काउन्सीलको आईएसओ परियोजना अन्तर्गत पोषण शिक्षा कार्यक्रम सम्पन्न

ब्रिटिश काउन्सीलको आईएसओ परियोजना अन्तर्गत पोषण शिक्षा कार्यक्रम सम्पन्न

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

२०७८, वैशाख २६ गते , मे महिनाको ९ तारिखका दिन ब्रिटिस काउसिलको आइएसओ ( अन्र्तराष्ट्रिय स्कुल अवार्ड ) प्रोजेक्ट अन्र्तगत चार वटा स्कुलले आ आफ्ना पोषण सम्बन्धि कार्यकर्म एकैचोटि अनलाइन जुम मार्फत सम्पन्न गरेका छन् । यस प्रोजेक्ट अन्तर्गत यी चार स्कुलहरु वाल रमण वाटिका मोन्टेशवरी प्रिस्कुल्, फेयरिज वर्ड इसिडि मोन्टेशवरी स्कुल्, र माइलस्टोन प्रिस्कुल लगायत थिए । यी स्कुलहरुका प्राध्यापकहरुमा बिना शर्मा, सुवर्ण केशरि महर्जन , अर्चना भण्डारी , र बिना शर्मा ( ढकाल ) हुनुहुन्छ । यी स्कुलहरुको पोषण सम्बन्धि सचेतनामूलक कार्यकर्म कीर्तिपुर बर्न अस्पतालकी पोषण बिज्ञ मिरा शाहले गर्नु भएको थियो । शाहले यस्तो पोषण सम्बन्धि कार्यक्रमहरु बिभिन्न स्कुल्, क्याम्पस संघ संस्था , समुदाय आदिमा सम्पन्न गर्दै आउनु भएको छ ।
हेल्दि फुड फोर हेल्दि लाइफ अर्थात् स्वस्थकर भोजन्, स्वस्थ जिबन्, यिनै विषयबस्तुमा रहेर कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यस कार्यक्रममा जुम सहभागीता मार्फत करिब १०० जना स्कुलका छात्र छात्रा, अबिभाबक्, शिक्षक शिक्षिका उपस्थित थिए ।

अहिलेको बदलिदो समयमा पोषणको समुचित आबश्यकता र उपपोगिताको बारेमा शाहले जानकारी दिनु भएको थियो। सानैदेखी वालवालिकालाइ कस्तो प्रकारको कति मात्रामा पोषण कति पटक अनि दिनभरिमा कती चाहिने हो र किन आबश्यक छ , भनी शाहले अवगत गराउनु भएको थियो ।
हरेक पटकको भोजनमा फरक फरफ आहारहरुमा सबैको आ आफ्नै गुण रहेको पाइन्छ । हरेक दिन खाना पाँच पटक खानु पर्ने सुझाव पोषण विज्ञ शाहको छ । हरेक बाल बालिकाको आफ्नो उमेर, तौल अनुसार आदि फरक फरक प्रकारको क्यालोरी चाहिन्छ । जुन हामी दैनिक भोजनमा समाबेस गरेर खान्छौ। हरेक पटकको भोजनको आ आफ्नै पोषक तत्व र गुणहरु रहेका हुन्छ। कतिपय बाल बालिकाहरु तरकारी त खानै मान्दैनन्, अझ टिभी, मोबाइल , ल्यापटप आदि हेर्दाहेर्दै खानेकुरा खाने चलन भएको समेत देखिन्छ । जबकि यस्तो बानिले गर्दा कति मात्रामा खायो, के खायो, केही थाहा पाउदैन। अहिलेको मूख्य समस्या भनेको अपच कब्जियत र अरुचि पनि हो। तौल बढेन, उचाइ कम छ , कसरी खानेकुरा खुवाउने आदि आमाहरुको मूख्य चिन्ताको विषय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी