कोरोनाले आज संसार सबै हल्लायो
हात मुख जोर्न पनि धौ धौ बनायो
पोहोर साल संसार सबैतिर फैलिदै
करोडौ जनधनको क्षति गरायो
अब अलि साम्य जस्तो लाग्यो सबैलाई
तर फेरी अझै तहल्का मच्चायो
कतिका परिवार विचल्लि बनायो
गरीब दुखीलाई झन भोकै मर्ने बनायो
भन्दैन कुनै उमेर यसले
दिन दिनै लादैँछ मानिसलाई जीतेर
ओहो कस्तो डरलाग्दो रोग आयो
सकेसम्म सबैले जितौ यसलाई लडेर
नआत्तिऔँ हामी सबै
मनलाई राखौँ शान्तमा
खानपिनलाई ध्यान दिऔँ
गरौँ सधै योग र व्यायम
छैन कसैलाई अल्पायुमै जाने रहर
अझ हेर्नुछ यो संसार बाँचेर
हामी सबै घर घरमा सचेत बनौँ
आफ्नो सुरक्षा हामी आफै गरौँ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline