संक्रमित बोक्न पनि महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी आफै खटिन्छन

संक्रमित बोक्न पनि महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी आफै खटिन्छन

  • शुक्रबार, बैशाख २४, २०७८
  • डम्मर राज भट्ट

  • 18.7K
    SHARES

कञ्चनपुर, २४ बैशाख । दैनिक डेढसय भन्दा बढि नयाँ सक्रमित फेला परिहेका छन् । को कतिखेर बिरामी भएर अस्पतालको सैयामा पुग्ने हो कुनै ठेगान छैन । धमाधम सक्रमित जिल्ला बाहिरबाट समेत कञ्चनपुरको महाकाली अस्पतालमा आईरहेका छन ।
संक्रमितसंग अन्य कुरुवा र अस्पतालमा एम्बुलेन्सबाट ओरालेर बेडमा पु¥याउने मानिसको अभाव हुँदा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी९बोक्स० आफै खटिन्छन ।
गाँउबाट बिरामी बोकेर एम्बुलेन्स अस्पतालको दैलोमा पुग्छन । अस्पतालको दैलोमा पुगेर मात्रै हुँदैन, बिरामीलाई बेडसम्म पु¥याएर मात्रै उपचार शुरु हुन्छ । तर, महाकाली अस्पतालमा पुगेका बिरामीलाई बेडसम्म पु¥याउन जनशक्ति अभावका कारण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी आफै खटिन्छन । उनको बिरामी र अस्पतालप्रतिको अधाग लगावको विषयमा प्रसंसा भईरहेको छ । हुनत शिक्षक पुष्टभूमीबाट अस्पताल सुधारका लागि भन्दै अध्यक्ष भएका जोशीले आफु मरेपनि अस्पताल सुधार गर्छु भन्दै प्रण गरेका थिए । आफ्नो प्रण अनुरुप जोशी बिरामीको उपचारका साथै अस्पताल सुधारका लागि उत्तिकै खटिएका छन ।
कुनैदिन रेर्फर सेन्टरको रुपमा परिचित भएको अस्पतालमा अध्यक्ष जोशीले अहिले कोरोना महामारीका बिरामीको उपचार गरेर घर पठाउने वातावरण बनाएका छन । अध्यक्ष जोशीले बिहीबार दोधाराचाँदनीका कोरोना संक्रमित भीम खडका युवालाई एम्बुलेन्सबाट निकाले । केही समयपछि युवकको दुखत निधन भयो । तर, पनि अस्पतालका अध्यक्ष जोशीले मनमा कुनै फ्रिर्की राखेनन् । ‘बिरामीलाई एम्बुलेन्सबाट निकालेर उपचारका लागि बेडमा लगे, ‘अध्यक्ष जोशीले भने, ‘उनको केही बेरमा दुखत निधन भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी