वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बैशाख २३ काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ। सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए । गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि हिजो अस्पताल भर्ना गरिएको थियो । सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भए पनि कोरोना भने देखिएको छ ।

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन्। ८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो। प्रधान आमा प्राणदेवी प्रधानको प्रेरणामा संगीतमा लागेको बताउथे।

नेपाली गीत शक्तिका शिखर व्यक्तित्व प्रधानले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए। २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी