नेपालमा कोरोनाबाट अहिले सम्मकै धेरै एकै दिन ५५ जनाको मृत्यु, ७६६० संक्रमित

नेपालमा कोरोनाबाट अहिले सम्मकै धेरै एकै दिन ५५ जनाको मृत्यु, ७६६० संक्रमित

  • मङ्लबार, बैशाख २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

बैशाख २१ काठमाण्डौं । नेपालमा कोरोनाले विकराल रुप लिँदै गएको छ । आज पहिलो पटक एकै दिन नेपालमा कोरोनाले ५५ जनाको ज्यान लिएको छ । ती विभिन्न अस्पतालमा वितेको २४ घण्टामा ती संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर ७ हजार ६६० जना संक्रमित भएका छन् । यो पनि हाल सम्मकै उच्च संख्या हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी