सीता दिदीको नियुक्ति, महिला आन्दोलन र निष्ठाको राजनीतिप्रतिको सम्मान

सीता दिदीको नियुक्ति, महिला आन्दोलन र निष्ठाको राजनीतिप्रतिको सम्मान

  • मङ्लबार, बैशाख २१, २०७८
  • -सविता खड्का (सानुमैयाँ)

  • 14K
    SHARES

सरकारले बैशाख २० मा गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुखमा क्रमशः सीता पौडेल र गंगा प्रसाद यादवलाई नियुक्ति गरेको छ । बदलिदो र संक्रमणकालिन राजनीतिक अवस्थामा भएको यो नियुक्तिका बहुआयामीक अर्थ र आयामहरु छन । दुईवटा प्रदेशहरुको नियुक्तिमा एकजना मधेशी समुदाय र अर्को महिला समुदायको प्रतिनिधित्व भएको छ । जसले नेकपा एमाले जहिले पनि समावेशी राजनीतिको पक्षमा रहेको पुष्टि गरेको छ ।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनु भएकी र विगतमा लामो समय अखिल नेपाल महिला संघकी महासचिव रहेर महिला आन्दोलनको कमाण्डर बनेर आन्दोलका हरेक मोर्चाहरु सम्हाल्दै बर्तमानमा अनेमसंघको सातौ महाधिवेशनको संयोजक रहनु भएकी दिदी सीता पौडेलको गण्डकी प्रदेशको प्रदेश प्रमुखको नियुक्तिले देशभरीका महिलाहरुलाई हर्षित बनाएको छ । उहाँको नियुक्तिसँगै अहिले सामाजिक सञ्जालमा सीता दिदीको नियुक्तिकालागि बधाईका ओइरोहरु देखिएका छन । उहाँका समकालिन नेताहरुदेखि उहाँका जिल्लास्तरका कार्यकर्तासम्मले उहाँको नियुक्तिप्रति सम्मान व्यक्त गरेका छन । त्यो सम्मान त्यसै प्राप्त भएको होइन, उहाँको राजनीतिप्रतिको निष्ठा, त्याग र बलिदानप्रतिको सम्मान हो भन्ने मेरो बुझाई रहेको छ ।
सीता दिदी लाई मैले अत्यन्त नजिकबाट नियालेको छु । सीता दिदी र मेरो घर चितवन भएकाले पनि मैले नजिकबाट उहाँलाई चिन्ने मौका पाँए । मैले उहाँको राजनीतिक पदचापलाई, उहाँको त्याग र बलिदानलाई नजीकबाट नियालेकी छु । राजनीतिमा थकाई भन्ने शव्दावली हुदैन भन्ने मदन भण्डारीको शव्दवाणी उहाँको जीवनमा हुबहु लागु भएको छ । राजनीतिकै लागि अर्थात त्यसको निरन्तरताकालागि उहाँ अविवाहित रहनुभयो । त्यति ठुलो राजनीतिक जिम्मेवारीमा पुगेर पनि सीता दिदीले महलको सपना कहिले देख्नु भएन । जीवनलाई विलासी बनाउने कुरा उहाँको कल्पनामा पनि सायद आएन होला । राजनीतिक जीवनको निरन्तरताकालागि उहाँको व्यक्तिगत जीवनमा धेरै आर्थिक अभावका पहाडहरु देखा परे होलान, तर त्यस्ता अभावका पर्खालहरुलाई नाँध्दै उहाँ निरन्तर अगाडी वढीरहनु भयो । उहाँका मनमा पनि पारिवारीक वन्दोवस्तीका अनेकन कल्पना र सपनाहरु आँखा अगाडी उभिए होलान, तर उहाँले राजनीतिक जीवनको निरन्तरताकालागि त्यस्ता कल्पना र सपनालाई पनि सहजै जित्नु भयो । आखिर उहाँपनि मान्छे हो नी, उहाँमा पनि सुख सुविधाका अनेकन तन र मनहरु उदाउन खोजे होलान, तर उहाँको राजनीतिक दृढताका अगाडी यी सवै पक्षहरु पराजित भए । उहाँ राजनीति यात्रामा निरन्तर निरन्तर अगाडी वढिरहनु भयो ।
सीता दिदीका अगाडी विगतमा पदीय अवसरहरु नआएका होइनन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सहयात्री अर्थात उहाँ अनेमसंघको अध्यक्ष रहदा महासचिव बनेर काम गरिसक्नु भएकी सीता दिदी  कुनै न कुनै पदीय भूमिकामा  हुन सक्नु हुन्थ्यो । तर उहाँले विगतमा कहिलेपनि पदीय महत्वकाक्षा राख्नु भएन । यसले पनि के पुष्टि गर्छ भने सीता दिदीमा विगतमा पदप्रतिको मोह कहिले थिएन, राजनीतिकालागि उहाँले वरु सर्वस्व त्याग्नु भयो । सधै आफना नेता कार्यकर्ताहरुकालागि काम गर्ने सीता दिदी हरेक नेता कार्यकर्ताकोलागि आँखामा राख्दा पनि नविझाउने र सवैकोलागि प्रीय नेता बनिरहनु भयो र बनिरहनु हुनेछ ।
सरकारले अहिले गण्डकी प्रदेशको प्रमुखमा उहाँलाई नियुक्त गरेर सीता दिदीको राजनीति इमान, योगदान र निष्ठाप्रति मात्रै होईन की समग्र महिला आन्दोलनप्रति सम्मान देखाएको छ । उहाँको यो नियुक्तिबाट राजनीति अवसर छोप्नेहरुकालागि मात्रै होइन की इमान र निष्ठा भएकाहरुकालागि पनि हुँदो रहेछ भनेर पुष्टि भएको छ । सीता दिदी र उहाँको नियुक्तिले राजनीतिमा लागेका र लाग्दै गरेका हरेक नेता कार्यकर्ताहरुलाई राजनीति त्याग इमान र निष्ठाको पनि महत्व हुँदो रहेछ भन्ने पाठ सिकाएको छ ।
सीता दिदी तपाई हाम्रो आर्दश नेता हो । तपाई हरेक नेता कार्यकताकालागि प्रीय हुनुहुन्छ । आन्दोलनका हरेक मोर्चाहरुमा तपाई कहिले पराजित हुनु भएन । अहिलेको वदलिदो राजनीति परिवेशमा तपाईको यो पदीय जिम्मेवारी पनि आन्दोलनको एउटा मोर्चा नै हो । तपाईलाई यो मोर्चामा पनि असफल हुने छुट छैन । तपाई सफल हुनुहोस् हामी सबैको तपाईलाई लाखौ लाख शुभकामना छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी