भट्टाभित्रै मजदुर किन कुटिन्छ बारम्बार’

भट्टाभित्रै मजदुर किन कुटिन्छ बारम्बार’

  • शनिबार, बैशाख १८, २०७८
  • प्रथा

  • 7.3K
    SHARES

पिउने दुधमा विष किन फिटिन्छ बारम्बार
मालीहरूबाटै फूल किन लुटिन्छ बारम्बार ?

आफैँले बुझी भन ओ महान चित्रकारहरू
तस्विरको अनुहार किन मेटिन्छ बारम्बार ?

आफैँलाई नढाँटी भन ओ सर्वज्ञ प्रेमीहरू
प्रेमकै गलामा छुरा किन रेटिन्छ बारम्बार ?

ढकनी उघारी भन ओ दिव्य मूर्तिकारहरू
मूर्तीकै चक्षु आँसु किन भेटिन्छ बारम्बार ?

नादान नबनी भन ओ ग्वाला गोठालाहरू
गाईसँग त्यो बाछो किन छुट्टिन्छ बारम्बार ?

कपटी नगरी भन ओ सर्वश्री मालिकहरू
भट्टाभित्रै मजदुर किन कुटिन्छ बारम्बार ?

कुर्सीमा बसेर भन ओ कृपालु शासकहरू
हाँडीभित्रै शासित किन भुटिन्छ बारम्बार ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी