कञ्चनपुरमा कोरोना भयाभह : एकै दिन तीन जनाको मृत्यु

कञ्चनपुरमा कोरोना भयाभह : एकै दिन तीन जनाको मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
  • -डम्मर राज भट्ट

  • 11.6K
    SHARES

कञ्चनपुर, १६ बैशाख । कञ्चनपुरमा कोरोना महामारी भयाभह बन्दै गएको छ । दैनिक सयौँको संख्यामा नयाँ कोरोना सक्रमित थपिरहेका छन । सक्रमित मुलुक भारतबाट नेपाल आउने क्रम रोकिएको छैन । नेपाल आउने सबै मानिसको कोरोना परीक्षण गरिदैन । महाकाली अस्पतालका बेड कोरोना संक्रमितले भरिभराउ भएका छन । सीमा क्षेत्रका होल्डिङ्ग सेन्टर स्थापना गरिएको छैन ।
महाकाली अस्पतालमा उपचारार्थ तीन जना संक्रमितको एकै दिन मृत्यु भएको छ । बिहीबार एक युवक सहित तीन जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोरोना सम्पर्क संयोजक डा। गोबिन्द रोकायाले भीमदत्त नगरपालिका १९ बागफाँटाका २१ ्बर्षिया युवक सहित तीन जनाको मृत्यु भएको बताए । उनका अनुसार २१ ब्र्षिया युवक ब्लड क्यान्सरको समस्या थियो । हालसम्म कञ्चनपुरका मृत्यु भएका मध्ये सबैभन्दा कम उमेरका बाँगफाँटाकै युवक हुन ।
भीमदत्त नगरपालिका १८ सालघारीकी ३० बर्षिया महिला र दोधाराचाँदनी नगरपालिका १ का ३० बर्षिया युवकको समेत मृत्यु भएको छ । दोधाराका युवकको ट्रभल हिस्ट्री भने एकिन गरिएको छैन । ग्डडाचौकी नाकाबाट बुधबार नेपाल भित्रिएका ५५० मध्ये, ७५ जनाको परीक्षण बाँकीको गरिएको छैन । परीक्षण मध्ये २८ जनामा पोजेटिभ देखिएको छ ।

file photo

भारतबाट आएका सबैको कोरोना परीक्षण नगर्ने र होल्डीङ्ग सेन्टरमा समेत नराख्ने प्रवृतिका कारण गाँउ गाँउमा कोरोना महामारी फैलिरहेको छ । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि लकडाउन गरेको छ । नेपालीले विदेशमा समेत ज्यान गुमाईरहेका छन । प्रशासनले हात जोडेर नागरिकलाई धैर्ययताका साथ उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन अनुरोध गर्दै आएको छ । गत बर्ष कोरोना रोकथामका लागि तीनै तहका सरकारका प्रतिनिधी, कार्यालय संस्थागत रुपमा कोरोनासंग लडेका थिए, तर यस पटक भने कोरोना रोकथामका लागि प्रभावकारी कदम कसैले चालेका छैनन ।

महाकाली अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीमा कोरोना देखिएसंगै उपचारमा समस्या भईरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले जनशक्ति र उपकरण अभाव हुँदा संक्रमित बिरामीहरुलाई उपचार गर्न समस्या भईरहेको बताए । नागरिक समाजले कोरोना रोकथामका लागि सरकारको पूर्व तयारी नभएको बताएका छन । सरकारले जनताको स्वास्थ्य भन्दा सत्ता बचाउन, गिराउने खेलमा लागेको र यस्तो भयाभह अवस्था सृजना हुँदा समेत नागरिक सचेत भएका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी