अध्यागमन विभागको एउटा निर्णयका कारण विदेशी लगानीकर्ता नेपाल छाडेर जानुपर्ने अवस्थामा

अध्यागमन विभागको एउटा निर्णयका कारण विदेशी लगानीकर्ता नेपाल छाडेर जानुपर्ने अवस्थामा

  • बिहिबार, बैशाख १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । सरकारले वैदेशिक लगानी चाहियो भनेर बारम्बार भनिरहेको छ, सरकारले यस सम्बन्धी सभा सम्मेलन गरिरहन्छ । वैदेशिक लगानी भित्र्याउन राज्यले विभिन्न ऐन कानुनहरु बनाईसकेको र त्यस कानुनको आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाईरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागले गरेको एक निर्णयले प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै चलिरहेको एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।

विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी ९सुस्ता पश्चिम० जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाईरहेको गणपति ईट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । यदि उक्त उद्योग बन्द भए ४०–५० जना कामदारहरुको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ ।

गत वर्ष कोभिड ९कोरोना० का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो । नेपालमा ओभर स्टे ९लामो समय० बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति ईट्टा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसअघिका महानिर्देशक रमेश कुमार के।सीले नै उनीहरुलाई चीन फर्काउन निर्णय गरेका थिए ।

‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनु प(यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिंड्नुपर्ने अवस्था आउन सक्छ ।’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग९एकल विन्दु सेवा केन्द्र०, गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’

‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाई हुन सकेको छैन, उनले भने, ‘यहाँ यस्ता धेरै चाईनिजहरु ओभर स्टे भएर बसिरहेका छन् । हामीले सुने अनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताहरुले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्या माथि समस्या भोग्नु परिरहेको छ ।’

‘भिसा सम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो ।’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटक पटक लाखौं रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरि राख्यौं । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र कर सम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’
‘नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आईरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिष्ट भिसा लिनुपर्ने र यस बीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना बिलम्ब शुल्क तिरी भिसा अपडेट गराई राखेको मगरले बताउनुभयो ।

नेपाली साझेदार व्यक्ति सन्दिप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त ईट्टा उद्योग चलाएका हुन् । सुरुका दिनहरुमा राम्रैसँग सञ्चालन हुँदै आएको यस ईट्टा उद्योग मिति २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाब किताब बिग्रँदै गईरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत कर सम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक ९बिजनेश० भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन ईन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति ईट्टा उद्योगमा मिति २०७३(१(१५ मा विदेशी लगानी स्वीकृति गराई नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर उद्योग चलाईरहेको छ ।

यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबीच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाब किताब तथा कर फर फारक भई नेपाली पक्षमा शेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाईसकेका छन् । वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत अद्यावधिक भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ