नौ जनालाई नइ बाल पुरस्कार

नौ जनालाई नइ बाल पुरस्कार

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, वैशाख १३ । नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
त्यसै गरी साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपियाँ राशिका हुनेछन् ।
नइ प्रकाशनले दस वर्ष ननाघेका श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।
ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपियाँ राशि रहेका छन् ।
त्यसै गरी पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी