बैशाख १३ काठमाण्डौं । सरकारले पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । परीक्षामा भीडभाड हुने भन्दै यसले कोरोना संक्रमण थप बढ्न सक्ने आकलन गर्दै स्थगित गरिएको हो ।
सिसिएमसीले सबै परीक्षा रोक्ने निर्णय गर्नुका साथै अनलाईन कक्षाहरु भने चलाउन अनुरोध गरेको छ । यस्तै पहाडमा २०० र शहरमा ५ सय सक्रिय संक्रमित पुगेमा निषेधाज्ञा जारी गर्न सकिने सिफारीस सिसिएमसीले गरेको छ ।
यस्तै विदेशबाट नेपाल आउने प्रत्यक नेपालीले १४ दिन अनिवार्य क्वारीन्टीन बस्नु पर्ने पनि सिसिएमसीले निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline