प्रत्यक घण्टामा कोरोनाले एक नेपालीको ज्यान लिँदै

प्रत्यक घण्टामा कोरोनाले एक नेपालीको ज्यान लिँदै

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

बैशाख १३ काठमाण्डौं । छिमेकी भारतमा कोरोनाले भयावह रुप लिएसँगै नेपालमा पनि कोरोनाको संक्रमण र मृत्युदर उच्च हुँदै गएको छ । नेपालमा प्रत्यक घण्टा संक्रमणले एक नेपालीको ज्यान लिएको देखिएको छ । पछिल्लो तीन दिन अर्थात ७२ घण्टामा ७२ जनाकै मृत्यु भएको पाईएको छ । अर्कोतिर संक्रमण पनि दैनिक ३ हजार भन्दा माथि पुगेको छ ।
खास गरी भारतीय सीमामा अझै निर्वाध आवत जावत, दिल्लीसँको उडान नियमित रहेको अवस्थामा भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण तीव्र देखिएको छ ।
कुम्भ मेलामा भारत पुगेर फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार समेत कोरोना संक्रमित भएको छ ।
काठमाण्डौं उपत्यका बाहेक भारतीय सीमा नाका जोडिएको नेपालगञ्ज लगायतका शहरमा कोरोनाको प्रभाव उच्च देखिएको छ ।
पहिलो लहरका बेला भारतीय नाका बन्द गर्नुका साथै, उडानहरु स्थगित गरिएको थियो ।
तर अहिले उच्च बृद्धि हुँदा समेत नाका र विमानस्थल व्यवस्थापन हुन सकेको छैन ।
अहिले सक्रिय संक्रमित बढेसँगै अस्पतालहरुमा बेड तथा अक्सिजन र एम्वुलेन्सको समेत अभाव हुने देखिन थालेको छ ।
तर त्यसका लागि तयारी, व्यवस्थापन प्रभावकारी बन्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेको छ ।
सरकारले शैक्षिक संस्था, अत्यावस्यक सेवा बाहेकका प्रशानिक सेवा बन्द गर्न थालेको छ । सीमित ठाँउहरुमा लकडाउन हुन थालेको छ ।
देशभर लकडाउनको हल्ला चलिरहेको छ भने सरकारले तत्कालै पूर्ण लकडाउन नहुने बताईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी