चार जनालाई नइ पुरस्कार

चार जनालाई नइ पुरस्कार

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, वैशाख १२ । नइ प्रकाशनले चार जना महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रही उत्कृष्ट योगदान पुर्‍याएबापत झापाका भवानी क्षत्रीलाई पचास हजार रुपियाँ राशिसहित ुनइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भई नेपाली समाजमा उदाहरणीय र प्रेरक योगदान पुर्‍याएबापत भागवत मञ्जरी राधिका दासीलाई पचास हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ दिने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

नेपाली भाषासाहित्यका फाँटमा समर्पित हुँदै कविता लेखन तथा वाचनमा समेत उदाहरण प्रस्तुत गर्नुका अतिरिक्त आफ्नो शैक्षिक स्तरलाई पनि गुणस्तरीय बनाउने श्री युवराज अधिकारी ‘स्मरण’लाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी