म स्वयं आगो हुँ चिता जल्न सक्छ !

म स्वयं आगो हुँ चिता जल्न सक्छ !

  • शनिबार, बैशाख ११, २०७८
  • प्रथा

  • 12.7K
    SHARES

विचार वीज हो बारूद फल्न सक्छ
शिकारी हो स्वयं गोली छल्न सक्छ !

कसै गरी रोकिँदैन हुरीको वेग रोकी
म आफै तुफान हुँ हुरी चल्न सक्छ !

हैकम नचलाऊ ममाथि सम्राट बनेर
म फिलुङ्गो हुँ साम्राज्य बल्न सक्छ !

नठान सुरक्षित छु सिंहासनमा बसेर
म विस्फोट हुँ सिंहासन ढल्न सक्छ !

निर्जीव भनी मूर्दामाथि शासन नगर
म नै क्रान्तिवीर हुँ मूर्दा चल्न सक्छ !

म मरें भने चितामा लाश नसुताउनु
म स्वयं आगो हुँ चिता जल्न सक्छ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी