पाँचखालका १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई ब्याग र शैक्षिक सामाग्री बितरण

पाँचखालका १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई ब्याग र शैक्षिक सामाग्री बितरण

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
नगरपालिका भित्रका भुवनेश्वरीका १ सय ४५, नारायण प्राविका ३६, जनभावना प्राविका ६६, राधाकृष्ण प्राविका ७३, महाँकाल माविका १ सय ५७, आजाद माविका २ सय ४४, भविष्य उज्वलका ४५, झिगनादेवी प्राविका २३, जनज्योती प्राविका १८, भक्रमदेवी माविका १ सय ३२, ज्ञानेश्वरी माविका १ सय १६, ज्ञानोदयका ९०, राम माविका १ सय ३, जनता माविका १ सय २१, जन जागृति माविका ७३, समाजसुधार प्राविका २२, पलाञ्चोक भगवती माविका ५२ जना गरी १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी लगायत वितरण गरिएको हो ।
पाँचखाल नगरपालिका र पाँचखाल उद्योग बाणिज्य संघको समन्वयमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज र गरिबी निवारणको लागि चाईना फाउण्डेशनको सहयोगमा नगरपालिका भित्रका ३४ वटा विद्यालयमा भोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी वितरण गरिसकिएको छ । वितरण कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको प्रतिनिधि गौरी दाहाल, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, गरिबी निवारणको लागि चाईना फाउण्डेशनका प्रतिमा पाण्डे र ससम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


गरिबी निवारणको लागि चाईना फाउण्डेशन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले यस अघि ४२ जिल्लाका ७८ हजार ६ सय विद्यार्थीहरुलाई झोला बितरण गरिसकेको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका प्रतिनिधि गौरी दाहालले जानकारी दिए । त्यस्तै गरिबी निवारणको लागि चाईना फाउण्डेशनले देशभर २ लाख व्याग बितरण गरिसकिएको जनाएको छ ।
बितरण पश्चात नगरप्मुख महेश खरेलले समाजका प्रतिनिधि दाहाल र फाउण्डेशनका प्रतिनिधि पाण्डेलाई सहयोगको लागि धन्यवाद दिद्यदै मायाको चिनो हस्तान्तरण गरे । नगर प्रमुख खरेलले बालबालिकाहरुलाई ब्याग र शैक्षिक सामाग्री सहयोगले नगरमा उर्जा र उत्साह थपिएको जानकारी दिए ।
यस अघि पाँचखाल नगरपालिकामा रहेका सर्वमंगला मावि, गोलमादेवी प्रावि, दुग्देश्वर मावि, नारायणस्थान प्रावि, धरणी प्रावि, जनउद्धार प्रावि, प्रतिभा प्रावि, भमरकोट हिमालयन आधारभूत, सरस्वती प्रावि, सुन्दर सुर्योदय, जनजागरण प्रावि, भगवती मावि, कालिदेवि प्रावि, कालिका मावि, श्रृजना प्रावि, बालप्रतिभा प्रावि र समाजकल्याण प्राविका १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी लगायत वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी