मिस तामाङ वल्र्ड २०२१ हुने भएको छ । सन् २००६ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस तामाङ नेपालको आधिकारिक आयोजक संस्थाको समय सापेक्ष नविनतम सोँचका रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
मिस तामाङ वल्र्ड फाउण्डेसनको आयोजनामा हुने सौन्दार्य प्रतियोगिता “मिस तामाङ वल्र्ड” का लागि इच्छुक तामाङ महिलाले आगामी वैशाख १५ गतेभित्र रजिस्टे«सन फारम भर्न सक्ने आयोजकले जनाएको छ । विश्व भरि छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आवद्ध गरी तामाङ जातिको धर्म, कला संस्कृति, भाषा, भेषभुषा, बाजा, रितिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै तामाङ समुदाय तथा अन्य जातिमा समेत सममाजिकीकरण गर्ने उदेश्यले यस वर्षबाट मिस तामाङ वल्र्ड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
प्रतियोगितामा १६ वर्षदेखि २८ वर्ष मुनिको तथा कम्तिीमा +२ उत्तीर्ण गरेका जुनसुकै देशका तामाङ महिला सहभागी हुन सकिनेछ । प्रतियोगिताको फाइनल आगामी जेठ १२ गते बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुनेछ ।