पिएचडी गर्नेलाई एक लाखको नइ शोध पुरस्कार

पिएचडी गर्नेलाई एक लाखको नइ शोध पुरस्कार

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौँ, ४ वैशाख । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय भएको छ ।

राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने भएको हो ।

नइ प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लेखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ ।

नइ रजत महोत्सवका अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी