पुस्तक समीक्षाः “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा

पुस्तक समीक्षाः “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा

  • बुधबार, बैशाख १, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

“सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।
साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा सङ्ग्रह), अल्झिएको मन (गीत, कविता सङ्ग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध सङ्ग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उहाँको चौथो साहित्य कृति हो । वि.सं. २०१२ मा जन्मनु भएका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश हुनु भएको छ भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आउनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए) सम्मको शिक्षा हासिल गर्नु भएको छ ।
सृजनशील स्वभाव हुनु भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।
दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया रहनु हुन्छ । विन्डसर कासल (किला), यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो । यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गर्नु भएको छ ।
यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गर्नु भएको कविता पनि समावेश गर्नु भएको छ । पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ । समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ ।
कृतिः सेक्सपियरको आँगन
विधा ः यात्रा–निवन्ध सङ्ग्रह
लेखक ः विनोद साधक
मूल्य ः रु. ३००।–
जम्मा पृष्ठ ः १२४
प्रकाशक ः विराटसिंह खडका
मुद्रण ः राजमति प्रेस, ललितपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी